coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विमानस्थलकाे 'सेटिङ' छानवीन गर्न समिति गठन

मानव तस्करको सेटिङमा युएईमा अलपत्र परेका नेपालीको पासपोर्टमा अध्यागमनको 'डिपार्चर' छाप

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीको मिलेमतोमा भइरहेको मानव तस्करीको घटना अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले डिआइजी मिङ्मार लामाको नेतृत्वमा पाँच सदस्यीय छानवीन टोली गठन गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता शम्भु कोइरालाले घटनालाई आफूहरुले गम्भीरतापूर्वक लिइरहेको र छानवीनमा दोषी पाइए कारवाही गर्ने बताए। ‘कानुनभन्दा माथि कोही छैन। छानवीनमा दोषी पाइए कारवाही हुन्छ’, उनले भने।

कार्यालयले मंगलबार एसएसपी शरद चन्द, एसपी गणेश मल्ल, अपराध अनुसन्धान महाशाखाका एसपी सहकुल थापा र डिएसपी रमेश थापा सदस्य रहेको अनुसन्धान टोली गठन गरेको हो।

टोलीको अनुसन्धानमा दोषी देखिए तत्काल कारवाही प्रक्रिया अघि बढाउने कार्यालयले जनाएको छ। महानगरीय विमानस्थल सुरक्षा गार्डका नेतृत्व डिआइजी गोविन्द निरौलाले गरिरहेका छन्। उनी मातहातको कार्यसम्पादन छानवीन गर्न उनकै ब्याची डिआईजी लामाको नेतृत्वमा छानवीन टोली बनाइएको हो।

विमानस्थल प्रहरी-अध्यागमन कर्मचारी र मानव तस्करको सेटिङमा युएईमा १० नेपाली अलपत्र परेको समाचार नागरिकन्युजले भिडियो सहित प्रकाशित गरेको थियो। प्रहरीका जिम्मेवार अधिकारी एवं अध्यागमन कर्मचारीसँग मिलेमतो  बिना विमानस्थलबाट दलालले छिराउन नसक्ने दाबी अलपत्र पीडितले गरेका थिए।

त्रिशूलीमा कार खसेर बेपत्ता भएका पूर्वमन्त्री माधवप्रसाद घिमिरेकाे खाेजविनका लागि चितवन पुगेका गृहमन्त्री विमलेन्द्र निधि र प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालबीच याे विषयमा मंगलबार कुराकानी भएको थियाे। टाेली काठमाडौं फर्किए लगत्तै प्रहरीले छानवीन समिति बनाएकाे हाे।

भिडियो

गृह मन्त्रालयका प्रवक्ता शम्भु कोइरालाले घटनालाई आफूहरुले गम्भीरतापूर्वक लिइरहेको र छानवीनमा दोषी पाइए कारवाही गर्ने बताए। ‘कानुनभन्दा माथि कोही छैन। छानवीनमा दोषी पाइए कारवाही हुन्छ’, उनले भने।

यो पनि

प्रकाशित: ११ आश्विन २०७३ १४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App