७ वैशाख २०८१ शुक्रबार
समाज

चाउचाउ, बिस्कुट दिएर बालिकामाथि बलात्कार

जुम्ला - जुम्लामा ललाइ फकाइ गरेर एक बालिकामाथि बलात्कार भएकाे छ। चन्दननाथ नगरपालिका ८ धरालबाडामा  ४८ बर्षीय लक्षिराम रोकायाले १३ बर्षीया बालिकालाई बलात्कार गरेका हुन्। राति सुतेको अवस्थामा आफ्नै घरमा बलात्कार गर्दै गरेको भेटेपछि आफन्तले उनलार्इ नियन्त्रणमा लिएका थिए।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक प्रकाश केसीका अनुसार राेकायाले बालिकालार्इ चाउचाउ, बिस्कुट दिएर ललाइ फकाइ गर्ने गरेका थिए। बलात्कारको घटना गाउँमै मिलाउने अधिकतम प्रयास भएपनि आफन्तले नमान्दा प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको हो। बलात्कार गर्ने लक्षिराम प्रहरी नियन्त्रणमा छन्। प्रहरी निरिक्षक केसीले बालिका बलात्कारको मुद्दा दर्ता भइसकेको र अभियुक्तलाई पक्राउ गरेर म्याद थप गरिएकाे बताए।

 

प्रकाशित: १९ मंसिर २०७५ ०९:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App