coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संविधान कार्यान्वयनको संकेत देखापर्‍यो: एमाले नेता नेपाल

दाङ- नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले बर्तमान सरकारबाट संविधान कार्यान्वयनको संकेत देखा परेको बताएका छन्।

हाल संकेत मात्रै देखा परेको भएपनि संविधान कार्यान्वयनलाई गति दिन प्रधानमन्त्री पुष्पकमल दहालमा दरिलोपनको आवस्यकता रहेको उनको भनाई छ।  उनले प्रादेशिक उच्च अदालत स्थापनाको कार्यलाई संविधान कार्यान्वयनको महत्वपूर्ण उदाहरणका रुपमा प्रस्तुत गरे।  छलफल चौतारीले मंगलवार घोराहीमा गरेको बहस कार्यक्रममा भने ‘वर्तमान सरकारले उच्च अदालत स्थापना गरेर संविधान कार्यान्वयको संकेत देखाएको छ।’ उच्च अदालत स्थापनाका क्रममा कहिँकतै विवाद नहुनुलाई पनि उनले सरकारको सहि निर्णय भएको बताए। 

बर्तमान सरकारले चैत सम्म स्थानीय निर्वाचन गर्ने बताएको प्रसंग उल्लेख गर्दै नेता नेपालले यसलाई पनि संविधान कार्यान्वयनको अर्को संकेतका रुपमा अर्थ्याए। ‘तर प्रधानमन्त्री जी आफ्नो निर्णयमा कति सम्म अडिग रहन सक्नु हुन्छ भन्ने महत्वपूर्ण कुरा हो,’नेता नेपालले भने ‘किनकी उहाँलाई सामान्य दवाव आयो भने मात्रै उहाँ झुकी हाल्नु हुन्छ, स्थानीय चुनावको बिषयमा पनि यसै नहोला भन्न सकिन्न।’

उनले प्रधानमन्त्री दहालको भारत भ्रमणमा भएका सम्झौताहरुको बक्तव्यवाजीलाई ‘बेहोसीपन’को संज्ञा दिँदै भने ‘जान्दै जानिएको छैन, भने सिक्नु पर्छ, नजानेरै काम गर्दा घाटा पुग्छ, अहिले प्रधानमन्त्रीलाई त्यहि भएको हो।’

प्रकाशित: ११ आश्विन २०७३ १४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App