८ वैशाख २०८१ शनिबार
खेल

प्रिमियर लिग फुटबल : म्यानचेष्टर सिटीसँग वाट्फोर्ड स्तब्ध

काठमाडौं – वाट्फोर्डमाथि २–१ को जित निकाल्दै म्यानचेष्टर सिटीले इङ्लिस प्रिमियर लिगमा स्पष्ट ५ अंकको अग्रता बनाएको छ। वाट्फोर्डको घरेलु मैदानमा मंगलबार राति सम्पन्न खेलमा साविक विजेता सिटीले ४० औं मिनेटमा रियाद महारेजको क्रसमा लिरोइ सानेको गोलमार्फत अग्रता लिएको थियो।

पहिलो हाफमा १–० को अग्रता लिएको सिटीले दोस्रो हाफमा १ गोल गर्दा १ गोल खायो। ५१ औं मिनेटमा ग्याब्रियल जेससको पासलाई सदुपयोग महारेज आफैंले गोल गरेपछि सिटीले अग्रता दोब्बर पार्यो। २–० ले पछि परेको वाट्फोर्डले खेलको अन्त्यतिर सिटीमाथि दवाव बनाएको थियो।

८५ औं मिनेटमा अब्दोलायले गोल गर्दै वाट्फोर्डलाई खेलमा फर्काउन प्रयास गरेका थिए। तर थप गोल हुन नसक्दा वाट्फोर्ड सिटीविरुद्ध बराबरीको नतिजा निकाल्न असमर्थ रह्यो। सिटीले लिगको अघिल्लो खेलमा वर्नमाउथलाई पराजित गर्दाको टिममा ५ खेलाडी परिवर्तन गरेको थियो।

जितसँगै सिटी १५ खेलबाट ४१ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानको लिभरपुलको ३६, तेस्रो स्थानको चेल्सीको ३१ र चौंथो स्थानको आर्सनलको ३० अंक छ। तीनै टिमले सिटीभन्दा १ खेल कम खेलेका छन्। वाट्फोर्ड भने २० अंक सहित एघारौं स्थानमा छ।

रातिनै भएका अन्य खेलमा वर्नमाउथले हडल्सफिल्ड टाउनलाई २–१, ब्राइटनले क्रिष्टल प्यालेस र वेष्टह्यामले कार्डिफ सिटीमाथि समान ३–१ को जित निकालेका छन्।

प्रकाशित: १९ मंसिर २०७५ ०५:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App