७ वैशाख २०८१ शुक्रबार
खेल

‘ए’ डिभिजन लिगः आज ३ खेल हुँदै, पहिलो खेलमा मनाङ र जावलाखेल भिड्दै

काठमाडौं – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बुधबार (आज) ३ खेलहरू हुँदैछन्। शीर्ष स्थानको मनाङ मर्स्याङदीले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल बिहान ११ बजेबाट शुरु हुनेछ।

जारी लिगमा अपराजित रहेको मनाङको ५ खेलबाट १५ अंक छ। यदी आज जित हात पारे उसले तालिकामा स्पष्ट ३ अंकको अग्रता लिनेछ।

उच्च फर्ममा रहेको मनाङले लिगको अघिल्लो खेलमा सरस्वती युथ क्लबलाई २–० ले हराएको थियो। जावलाखेलले भने ५ खेलमा १ मा जित, १ मा बराबरी र ३ मा हार ब्यहोरेको छ। ४ अंकका साथ तालिकाको ११ औं स्थानमा रहेको जावलाखेलले यसअघि ब्रिगेट ब्वाइजलाई १–० ले पराजित गर्दै लिगमा पहिलो जित हात पारेको थियो।

सोही मैदानमा दिउँसो २ः३० मा हुने खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लब भिड्नेछन्। तालिकाको छैटौं स्थानमा रहेको शेर्पाको ५ खेलबाट १० अंक छ। लिगमा अपराजित रहेको यात्रामा पाँचौं खेलमा त्रिभुवन आर्मीले ब्रेक लगाइदिएको थियो। आर्मीसँग २–१ ले पराजित भएको शेर्पा च्यासलविरुद्धको खेलमार्फत पुन लयमा फर्कने लक्ष्यमा रहनेछ। च्यासल ४ अंकका साथ ९ औं स्थानमा छ।

आजको खेलमा च्यासलका मुख्य स्ट्राइकर बिमल घर्तिमगर अनुपस्थित हुनेछन्। च्यासलसँगको सम्झौता रद्द गर्दै विमल आजै ट्रायलका लागि बेल्जियम जाँदैछन्।

आजै सरस्वती युथ क्लब र थ्री स्टार आमने सामने हुँदैछन्। खेल सशस्त्र प्रहरी बलको खेल मैदानमा २ः३० मा हुनेछ। थ्री स्टारले अहिलेसम्म खेलेका ५ खेलमा १ मा हार ब्यहोरेको छ। थ्री स्टार १२ अंक जोड्दै लिगको चौंथो स्थानमा छ। ६ अंक जोडेको सरस्वती ८ औं स्थानमा छ।

प्रकाशित: १९ मंसिर २०७५ ०५:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App