८ वैशाख २०८१ शनिबार
अर्थ

११ जनालाई ज्ञान उदय वाइवाई छात्रवृत्ति

काठमाडौं – सिजी फुड्स (नेपाल) प्रालिले ललितपुर महानगरपालिका वडा नं १८ स्थित कारखाना क्षेत्रमा बसोबास गर्ने विद्यार्थी र कारखानामा कार्यरत स्थायी कर्मचारीका छोराछोरीमध्येबाट उत्कृष्ट ११ जनालाई ज्ञान उदय वाइवाई छात्रवृत्ति वितरण गरेको छ।

ललितपुर महानगरपालिका वडा नं १८ र २५ मा बसोबास गर्नेमध्येबाट २०७४ को ५ कक्षामा उत्कृष्ट चार र एसइईमा उत्कृष्ट पाँच विद्यार्थीलाई उच्च शिक्षाको शुभकामना एवं प्रोत्साहन स्वरुप उक्त छात्रवृत्ति प्रदान गरिएको कम्पनीको भनाइ छ । साथै स्थायी कर्मचारीका छोराछोरीमध्येबाट ५ कक्षामा उत्कृष्ट एक र एसइईमा उत्कृष्ट एकजनालाई छात्रवृत्ति दिइएको छ।

कम्पनीका वरिष्ठ महाप्रबन्धक महेशराज पन्तको सभापतित्वमा भएको कार्यक्रममा आदर्श शौल माविका शिक्षक रत्नप्रसाद घिमिरे र छनोट समितिका अध्यक्ष केबि तुलाधरले व्यवहारिक शिक्षामा जोड दिँदै शिक्षाको महत्व तथा यसमा प्रोत्साहनको आवश्यकतावारे प्रकाश पारेका थिए । यसप्रकारका छात्रवृत्ति कार्यक्रमले शिक्षा क्षेत्रमा परिवर्तन हुने उनीहरुले बताए । छात्रवृत्ति पाएका विद्यार्थीको तर्फबाट आदर्श शौल माविकी रेजिना तामाङले सिजीले सराहनीय कार्य गरेको बताइन् । महाप्रबन्धक पन्तले अहिलेको अवस्थामा चाहिने शिक्षाको प्रकारबारे प्रकाश पारेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १९ मंसिर २०७५ ०४:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App