इलाममा ‘मेची क्षेत्र पर्यटन महोत्सव’

बुधबार, १९ मङि्सर २०७५, १० : ०८ नागरिक

काठमाडौं – पूर्वी नेपालको इलाममा पुस ५ गते देखि १६ गतेसम्म ‘मेची क्षेत्र पर्यटन महोत्सव’ हुने भएको छ। महोत्सव आयोजक इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलनमार्फत महोत्सवमा ५० हजार पर्यटक भित्र्याउने जनाएको छ।

समितिकी कोषाध्यक्ष दिव्या भट्टराईले महोत्सवको तयारी र प्रचार नेपाल तथा भारतका विभिन्न सहरहरूमा भइरहेकोले अपेक्षा गरेअनुसार पर्यटक इलाम घुम्न र महोत्सव अवलोकन गर्न आउने बताइन्। मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव धौरालीले समृद्धिको आधार पर्यटन रहेकाले महोत्सव साबिक मेची अञ्चलका पाँचथर, ताप्लेजुङ, झापामा पनि क्रमिक रुपमा आयोजना गरिने जानकारी दिए। उनले काठमाडौं नजिकका पोखरा, चितवनजस्तै मेची क्षेत्रभित्र पनि आकर्षक पर्यटन गन्तव्यहरु रहेकाले प्याकेजकै रुपमा पर्यटकलाई घुम्न आउन निम्तो दिए।

धौरालीका अनुसार महोत्सवको प्रचार तथा प्रवद्र्धन सिक्किम, दार्जिलिङ साथै पश्चिम बंगाल क्षेत्र र नेपालमा विभिन्न स्थानमा भइरहेको छ। ‘महोत्सवको अन्तिम दिन अर्को वर्ष यस्तै महोत्सव आयोजना गर्ने जिल्लालाई महोत्सवको लोगो हस्तान्तरण गर्नेछौं,’ उनले भने।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकालीले प्राकृतिक सुन्दरताका हिसाबले इलाम उत्कृष्ट गन्तव्य भएकाले साहित्यिक सिर्जना र घुमफिरका लागि उपयुक्त गन्तव्य भएको बताए। आयोजकका अनुसार महोत्सव अवधिभर इलामका स्थानीय उत्पादन र व्यावसायिक संस्थाका उत्पादनको एक सयवटा स्टल राखिनेछन्। महोत्सवमै साहित्यिक कार्यक्रम, खेलकुद, स्थानीय पर्यटकीय स्थलको भ्रमण, मेची क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि गर्न सकिने प्रयासबारे पनि बहसहरू सञ्चालन गरिने जानकारी दिइयो।

मेची क्षेत्रमा झापा जिल्लाभित्र केचनकवल, अर्जुनधारा, सतासीधाम, जामुनखाडी सिमसार क्षेत्रलगायत पर्यटकीय स्थल छन् भने इलाममा सानी पाथिभरा, कन्याम, अन्तुडाँडा, माइपोखरी, गजुरमुखी, लारूम्वा, सिद्धिथुम्का, सलकपुर, छिन्टापु, टोड्के झरनालगायत पर्यटकीय गन्तव्य चर्चामा छन्।

त्यसैगरी, पाँचथरमा जोरपोखरी, सिलौती, हिलिहाँङ दरबार,  छिन्तापु, तिम्बुङ पोखरी, पौवा भञ्ज्याङलगायत गन्तव्यहरु छन्। ताप्लेजुङमा भने प्रसिद्ध धार्मिकस्थल पाथिभरा देवी मन्दिर, कंचनजंघा हिमशृंखला, तिम्बुङपोखरी, मिल्के जलजले क्षेत्रलगायत स्थानहरु पर्यटकीय गन्तव्यका रुपमा चर्चित छ।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad