coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

दसैंका खसीबोका ल्याउँदा अवैध असुली भोग्नु परेको गुनासो

काठमााडौं– नेपाल पशु चौपाया व्यवसायी संघले विभिन्न जिल्लाबाट दसैंका लागि आफूहरुले राजधानीमा खसी–बोका, च्याङ्ग्रा ल्याउँदा आफूहरुसँग अवैध असुली गरिरहेका बताएको छ। संघसँग आवद्ध व्यवसायीहरुले तराई तथा मुस्ताङबाट नेपाल भारत र चीनबाट खसी ल्याउने गरेकोको धेरै जसो ठाउँहरुमा व्यवसायीमाथि अवैध रुपमा असुली भइरहेको उनको भनाइ छ।

‘मुस्ताङबाट खसी ल्याउँदा एक ट्रकमा करिब ५ हजार स्थानीय गुण्डाहरुले असुल्छन्,’ उनले भने, ‘क्वारेन्टाइन जाँच गराएको प्रमाण नभएको भन्दै प्रहरीले ५ देखि ७ हजार असुल्ने गर्छन्। तर, क्वारेन्टाइन जाँच्नका लागि न त्यस क्षेत्रमा क्वारेन्टाइन चेक पोष्ट नै छ न त भेटरेनरी डाक्टरहरुको नै व्यवस्था छ।’ मुस्ताङबाट नेपालका तथा चीनबाट आउने भेँडा च्याङ्ग्राको क्वारेन्टाइन जाँच गर्नका लागि बेनीमा चेक पोष्ट राखिनु पर्ने र त्यति पनि हुन नसके पोखरामा राख्नु पर्ने उनको भनाइ छ।

पोखराबाट छुटेपछि नारायणघाट र नाक ढुंगामा पनि त्यस्तै किसिमको असुली हुने भएकोले आफूहरुले दसैंका लागि खसीबोका ल्याउने कार्यमा समस्या भोगेको उनले बताए। ‘राजधानी भित्रिने सबै खसी बोका तथा पशुपंक्षीको क्वारेन्टाइन जाँच गर्ने हो भने नेपालमा भएका भेटरेनरी डाक्टरहरुको पनि उचित व्यवस्था गरिनु पर्छ,’ उनले भने, ‘भारतबाट आएका खसी बोका चाहिँ भन्सार विल र क्वारेन्टाइन रसिदकै भरमा सहजै आउने गर्छन्, तर नेपालकै उत्पादन भने काठमाडौं ल्याउँदा नेपाली व्यवसायीले सास्ती भोग्नु पर्छ।’

खसी बोका आयात हुने भन्सार तथा नाकाहरुमा भेटेरेनरी डाक्टरसहितको क्वारेन्टाइन चेक पोष्टको व्यवस्था नगरेसम्म क्वारेन्टाइन रसिद नलिएकै कारण अवैध असुली गर्नु व्यवसायीहरुमाथिको ठाडो अन्याय र लुट भएको उनको आरोप छ।

‘खसीबोका तथा च्यांग्राको मासु गत वर्षको भन्दा पनि सस्तोमा खुवाउन हामी तयार छौं,’ उनले भने, ‘तर गैरभन्सार अवरोधहरु हट्नुपर्छ।’ काठमाडौं ल्याइसकेपछि पनि जाँच गरेर स्वस्थ खसी मात्रै उपभोक्तालाई बिक्री गर्ने गरिएको उनको भनाई छ।

प्रकाशित: ११ आश्विन २०७३ १२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App