८ वैशाख २०८१ शनिबार
कला

बालबालिका पढाउँदै मंगोल सुन्दरी

‘मिस मंगोल २०१८’ की ‘फष्ट रनरअप’ प्रीति गुरुङ(बाँया), शीर्ष विजेता जाङ्मु शेर्पा(बीच) र ‘सेकेण्ड रनरअप’ पुनम शेर्पा। तस्बिरः नागरिक

काठमाडौं – कमजोर आर्थिक अवस्थाका कारण शिक्षाबाट बञ्चित विपन्न र पिछडिएका समुदायका बालबालिकालाई तीन मंगोल सुन्दरीले पढाउने भएका छन्। सौन्दर्य प्रतियोगिता ‘मिस मंगोल २०१८’की विजेता जाङ्मु शेर्पा, ‘फष्ट रनरअप’ प्रीति गुरुङ र ‘सेकेण्ड रनरअप’ पुनम शेर्पाले ‘मिस मंगोल स्कलरसिप फण्ड’ अभियान मार्फत अशिक्षित बालबालिकालाई छात्रवृत्तिमार्फत विद्यालयमा पढाउन लागेका हुन्।

राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा फण्डकी कार्यक्रम संयोजकसमेत रहेकी जाङ्मुले आर्थिक अभावका कारण विद्यालय जान नसकेका बालबालिकालाई कक्षाकोठामा पुर्याउन अभियान चलाइएको बताइन्। ‘हामीले ५० लाख रुपैंयाँको फण्ड स्थापना गरेर बालबालिका शिक्षित बनाउने अभियान शुरु गरेका छौं। अभियानका लागि हामीले वेभसाइट बनाएका छौं। जसमार्फत दाताले पैसा सहयोग गर्न सक्नेछन्,’जाङ्मुले भनिन्,‘यो सामाजिक काम पारदर्शी ढंगले गर्नेछौं। दाताको नाम र विवरण वेभसाइटमा राख्नेछौं।’ उनले यसै शैक्षिक सत्रदेखि नै विद्यार्थी भर्ना अभियान सुरु गर्ने जनाइन्।

‘फष्ट रनरअप’ प्रीतिले अझै पनि धेरै बालबालिका अशिक्षित रहेकाले उनीहरूलाई शिक्षाको उज्यालोमा ल्याउने आफूहरूको प्रयास सार्थक हुने बताइन्। ‘‘मिस मंगोल’ प्रतियोगिता पछि नै हामी तीनजनाले अब केही नयाँ सामाजिक काम गरौं भन्ने सोच बनाएका थियौं। त्यही सोचलाई अहिले मूर्त रुप दिएका हौं,’प्रीतिले भनिन्,‘यो प्रतियोगिताका अन्य प्रतियोगीसँग पनि फण्डमा कसरी रकम जुटाउन सकिन्छ भनेर नियमित सम्पर्कमा छौं।’

हामीले ५० लाख रुपैंयाँको फण्ड स्थापना गरेर बालबालिका शिक्षित बनाउने अभियान शुरु गरेका छौं । अभियानका लागि हामीले वेभसाइट बनाएका छौं । जसमार्फत दाताले पैसा सहयोग गर्न सक्नेछन्।

‘सेकेण्ड रनरअप’ पुनमले एकजना विपन्न वा पिछडिएको समुदायका बालबालिकालाई विद्यालय पठाउन सकिए पनि त्यो आफूहरूका लागि प्रभावकारी हुने बताइन्। ‘हाम्रो लक्ष्य धेरै विद्यार्थीलाई छात्रवृत्तिमा विद्यालयमा पढाउने योजना छ। तर शुभारम्भ एक वा सो भन्दा बढीबाट गर्न चाहन्छौं,’ पुनमले भनिन्।

प्रतियोगिता आयोजक एक्सन इन्टरटेनमेन्टका अशोकप्यासी राईले फण्डमार्फत काठमाडौं उपत्यका बाहिरका बालबालिकाले पनि पढ्न पाउने बताए। ‘उपत्यका बाहिरको हकमा बालबालिका बस्ने ठाउँको भौगोलिक अवस्थालाई हेर्नेछौं। उसलाई आफ्नै स्थानमा पढ्न सक्ने अवस्था छ भने स्थानीय विद्यालय अथवा काठमाडौंमै ल्याएर भए पनि पढाउनेछौं,’राईले भने,‘प्रतियोगितासँग प्याब्सन पनि लामो समयदेखि आबद्ध रहेकाले प्याब्सनसँग सहकार्य गर्ने योजना छ।’ उनले कार्यविधि बनाएरै फण्डको काम गर्ने भएकाले काम पारदर्शी हुने दाबी गरे। उनका अनुसार छात्रवृति राजधानी वा मोफसलमा अध्ययनरत विद्यार्थीलाई जुनसुकै कक्षाबाट एसईईसम्मका लागि दिइने छ।

प्रकाशित: १९ मंसिर २०७५ ००:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App