७ वैशाख २०८१ शुक्रबार
शिक्षा

सन्दीप लामिछाने बने जेभियरको विद्यार्थी

काठमाडौं– जेभियर इन्टरनेशनल स्कूल र कलेजका ब्राण्ड एम्बासडर रहँदै आएका युवा क्रिकेटर सन्दीप लामिछाने अब जेभियरका नियमित विद्यार्थी पनि भएका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित बनेका युवा क्रिकेटर सन्दिप लामिछाने मंगलवारदेखि जेभियरमा भर्ना भएका हुन्।

बौद्ध टुसालस्थित जेभियर इन्टरनेसनल कलेजमा आफैं उपस्थित भएर उनले स्नातक तह प्रथम वर्षको भर्ना फारम भरे। उनलाई कलेजको कार्यकारी निर्देशक लोकवहादुर भण्डारी र प्रिन्सिपल गोपाल भण्डारीले स्वागत गेका थिए।

सन्दीप मानविकी संकाय अन्तरगत बीएसडब्लु (ब्याचलर इन सोसल वर्क) मा भर्ना भएका हुन्। उनलाई चार वर्षे कोर्सका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिएको कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले बताए।
जेभियर इन्टरनेशनल कलेजले गरिब, विपन्न वर्गका विद्यार्थीलाई २० प्रतिशत छात्रवृत्ती दिने गरेको छ। सन्दीपले खेल क्षेत्रमार्फत देशको इज्जत बढाएकाले उनलाई सम्मानस्वरुप पूर्ण छात्रवृत्ति प्रदान गरिएको हो।

सन्दीपले क्रिकेटसँगै पढाईलाई पनि अगाडि बढाउने कलेज परिसरमा आयोजित कार्यक्रममा बताए। क्रिकेटबाट खाली रहेको बेलामा कलेज पढ्न पनि जाने उनको भनाई छ। 

प्रकाशित: १८ मंसिर २०७५ १६:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App