coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नेपाली केटासँग विहे गर्न ‘विदेशी’ महिला नेपालमा

चितवन- नेपाली मूलका विदेशी विवाह गर्न नेपाल आउने गरेको तथ्याङ्कले देखाएको छ। उनीहरूले अदालती विवाह गर्ने गरेका छन् । नेपाली नागरिकता त्यागेर विदेशमा भए पनि विवाहका लागि भने उनीहरूले नेपाली नै रोज्ने गरेका हुन्। 

चितवन जिल्ला अदालतमा भदौयता मात्रै २३ जोडीले विवाह गरेका छन्। विवाह गर्नेमा १३ नेपाली मूलका विदेशी रहेका छन्। मुलुकी देवानी (संहिता) ऐन, २०७४ लागू भएपछि अदालतमा विवाह हुन थालेको हो। यसअघि जिल्ला प्रशासन कार्यालयमा विवाह दर्ता हुँदै आएको थियो। 

अदालतका सूचना अधिकारी केशवप्रसाद पौडेलका अनुसार पाँच विदेशी पुरुषले नेपाली महिलासँग विवाह गरेका छन् भने आठ विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेका छन्। नेपाली नागरिकता त्यागी विदेशी पिआर वा ग्रिनकार्ड लिएका नेपाली मूलका पुरुषले बढी सङ्ख्यामा नेपाली महिलासँग विवाह गर्ने गरेको उनले बताए। 

दर्ता विवाह गर्ने महिला र पुरुषको उमेरको फरक धेरै नै रहने गरेको उनले बताए। चितवन जिल्ला अदालतबाट नेपाली मूलका अमेरिकाका ५१ वर्षका पुरुषले ३२ वर्षकी नेपाली महिलासँग दर्ता विवाह गरेका छन्। त्यस्तै नेपाली मूलकी बेलायतकी ४४ वर्षीया एक महिलाले २८ वर्षीय नेपाली पुरुषसँग दर्ता विवाह गरेको पौडेलले बताए। 

यस्तै आर्थिक वर्ष २०७४/२०७५ मा जिल्ला प्रशासन कार्यालयमा ४४ जोडीले विवाह दर्ता गरेका थिए। उनीहरूमध्ये ३९ जना विदेशी रहेका थिए। सो अवधिमा १७ विदेशी महिलाले नेपाली पुरुषसँग र २२ विदेशी पुरुषले नेपाली महिलासँग विवाह गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। रासस

प्रकाशित: १८ मंसिर २०७५ ११:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App