निर्मलालाई न्याय दिलाउन माग गर्दै हस्ताक्षर संकलन सुरु

मङ्गलबार, १८ मङि्सर २०७५, १६ : ५१ नागरिक

खोटाङ– कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारी र हत्यारालाई कारबाही माग गर्दै नयाँ शक्ती पार्टी निकट नयाँ शक्ती विद्यार्थी यूनियनले खोटाङमा हस्ताक्षर अभियान थालेको छ। निर्मलाको हत्या भएको ४ महिना बित्दा समेत दोषीको पहिचान हुन नसकोको भन्दै नयाँ शक्ती विद्यार्थी यूनियन दिक्तेल बहुमुखी क्याम्पस कमिटिले दोषी पत्ता लगाएर कारबाहीका लागि दवाव स्वरुप मंगलबारदेखि हस्ताक्षर अभियान थालेको हो। निर्मलाको न्यायको लागि क्याम्पसबाट सुरु गरिएको अभियान जिल्लाका अन्य शैक्षिक संस्था एवं विभिन्न ठाउँमा पुर्‍याइने यूनियनका जिल्ला अध्यक्ष सञ्जित राईले बताए।

प्रदेशभर आगामी मंसिर अन्तिमसम्म संकलन गरिने हस्ताक्षर मूख्यामन्त्रीमार्फत प्रधानमन्त्रीलाई पठाउनेगरी निर्मलाको पक्षमा हस्ताक्षर संकलन अभियान थालिएको यूनियनले जनाएको छ। हस्ताक्षर अभियान सरकारको विरोध नभै निर्मलाको न्यायका लागि सञ्चालन गरिएको अध्यक्ष राईले बताए। ‘प्रदेशभित्र मंसिरभरी संकलन गरिएको हस्ताक्षर मूख्यामन्त्रीमार्फत प्रधानमन्त्रीलाई पठाउने छौँ,’ अध्यक्ष राईले भने, ‘यो सरकारको विरोध गरिएको होईन। निर्मलाको न्यायका लागि हस्ताक्षर संकलन सुरु गरिएको हो। निर्मलालाई न्याय दिलाउनेकुरामा सरकारलाई सबैको साथ चाहिन्छ।’

निर्मलाको बलात्कारपछि हत्या गर्नमा संलग्न दोषीको पहिचान गरेर कारबाही गर्न माग गर्दै नेपाल तरुण दल खोटाङले पनि सोमबार ज्ञापनपत्र पठाउँदै सरकारको ध्यानाकर्षण गराएको थियो।







यसमा तपाईको मत


अन्य समाचार

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ...

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स...

बर्जरको वेदरकोट लङ्गलाइफ

बर्जरको वेदरकोट लङ्गलाइफ

पियू र सिलिकन प्रविधि प्रयोग गरिएको यसले घामपानी छेक्ने १० वर्ष टिक्ने कम्पनीको दाबी रहेको छ । ...

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा ...

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीतका स्रष्टा आफैले गर्ने गरेका छन् । ...

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...