७ वैशाख २०८१ शुक्रबार
राजनीति

कमलपोखरी प्रहरी वृत्त सार्न गगन थापाको लबिङ !

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले कमलपोखरी प्रहरी वृत्तको कार्यालय सार्न पहल थालेका छन्। 

मंगलवार काठमाडौं महानगरपालिकाद्वारा प्रस्तावित कमलपोखरी पुननिर्माण ढाँचामाथिको छलफलमा बोल्दै नेता थापाले कमलपोखरीको किनारामा रहेको प्रहरी कार्यालय स्थानान्तरण गर्न आफूले पहल गरिरहेको जानकारी गराए। 

महानगरका मेयर विद्यासुन्दर शाक्यले प्रस्तुत गरेको ढाँचामाथि टिप्पणी गर्दै सांसद थापाले कमलपोखरीलाई व्यवस्थित बनाउन प्रहरी कार्यालय सार्नुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि आफूले पहल गरिरहेको बताएका हुन्। 

उनले आफू निर्वाचित भएको क्षेत्रमा रहेको पोखरीलाई व्यवस्थित बनाउन महानगरपालिकाले ल्याएको योजना सफल बनाउन आफू लागि पर्ने प्रतिबद्धता जनाए। ‘हामी महानगरपालिकासँग मिलेर काम गर्न तयार छौं। अर्को छठसम्ममा काम सम्पन्न गर्नेगरी योजनालाई अघि बढाऔं’, उनले भने।  

मत्स्य विकास केन्द्रबाट पोखरीको स्वामित्व निक्र्यौल गर्ने लगायतका कुरामा पनि पहल गर्नुपर्ने उनको भनाई थियो। ‘योजना राम्रो बनेको छ। कमल पोखरी विकास समाजसँग पनि छालफल गरौं, त्यहाँका क्लबका साथीहरुसँग पनि सहकार्य गरेर अघि बढौं,’ थापाले भने, ‘यो पोखरी कला र संस्कृतिलाई जोड्ने खालको होस।’ 

प्रकाशित: १८ मंसिर २०७५ १०:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App