८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसको विधान मस्यौदामाथि छलफल जारी

काठमाडौं– पार्टीको प्रस्तावित विधान मस्यौदामाथि छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक केन्द्रीय कार्यालय सानेपामा चलिरहेको छ। कांग्रेसले पार्टीको विधानलाई सङ्घीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्ताव तयार गरेको छ। 

पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तावित विधानको मस्यौदा यही मङ्सिर ९ गतेको केन्द्रीय समिति बैठकमा पेश गरेका थिए। सोही मस्यौदामाथि छलफल चलिरहको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

मङ्सिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा उक्त मस्यौदामाथि छलफल चलिरहेको छ। यसैबीच जारी केन्द्रीय समिति बैठकमा पार्टी सभापतिको आलोचनासमेत भएको छ। हिजोको बैठकमा बोल्ने नेताहरुले सभापति सबै क्षेत्रमा असफल भएको भन्दै आलोचना गरेका हुन्। त्यस्तै बैठकमा बोल्ने सदस्यहरुले अबको विधानमा जिल्ला समितिहरुलाई शक्तिशाली बनाउने सुझाब दिएका छन्। 

 

प्रकाशित: १८ मंसिर २०७५ १०:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App