coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

आँगनमै स्वास्थ्य परीक्षण

स्याङ्जा - ८१ वर्षीया रिमती गुरुङ आइतबार बिहान १० बजे वालिङ नगरपालिका वडा नं ३ कार्यालय आइन्। उनलाई त्यहाँसम्म कसैले ल्याएका होइनन् । एक्लै आएकी हुन् । वडा अध्यक्ष सुकराज गुरुङले उनलाई स्वास्थ्य शिविरको बारेमा जानकारी गराएपछि उनी घर नजिकैको वडा कार्यालयमा स्वास्थ्य जाँच गराउन आएकी हुन्।

१० बजे आएकी उनी अरुजस्तै लाइनमा बसिन्। अरुलाई हतार हुँदो हो तर, उनलाई हतार छैन। उनले दाँत, आँखा र स्त्रीरोग सम्बन्धि तिनवटै सेवा लिइन्। दाँत र स्त्रीरोग सम्बन्धि सामान्य परीक्षण गरिन् भने, आँखा परीक्षण पाश्चात चस्मा पनि लिइन्। उनको आँखामा मोतीविन्दुको समास्या देखियो । ‘म दुखी मान्छे पोखरा काठ्माण्डौं जानलाई पैसा थिएन। आँगनमै डाक्टर आउँदा सबै जाँच गरे। बुढाबुढीलाई बल्ल सरकार आएको महशुस भएको छ,’ उनले भने, ‘यो सरकारले केही गर्छ कि !’

६० वर्षीय भौ बहादुर गुरुङ पनि गाउँमै सेवा पाउँदा खुसी छन् । ‘जसको पहँुच शहर बजारका ठूला–ठूला अस्पतालसँग छैन, उनीहरुलाई शिविर बरदान जस्तै हो,’ उनले भने, ‘हुँदा खानेका लागि शिविर भगवान हुन् ।’ 
शिक्षा, स्वास्थ्य र पर्यटन प्रवद्र्दनमा हाम्रो अभियान भन्ने नाराका साथ शिविर आयोजना गरिएको थियो । माझकोट शिवालय सम्पर्क समिति र वडा कार्यालयले शिविर आयोजना गरेको हो। सम्पर्क मञ्च माझकोटबाट पोखरा गएर विभिन्न पेशा, व्यवसाय र बसाइँसराई गरेर गएकोहरुको संस्था हो।
 शिविरमा दाँत, आँखा, स्त्रीरोग सम्बन्धि सेवाहरु प्रवाह गरेका थिए । ग्रामीण भेकका जनतालाई स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष अनुभव गर्नका लागि शिविर आयोजना गरिएको शिविर माझकोट शिवालय सम्पर्क समितिका अध्यक्ष लोक बहादुर गुरुङले बताए । 

शिविरको समापन गर्दै वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारील बिरामी हुँदा घरेलु उपचार विधि मात्र होइन, अस्पतालका सेवा सुविधा लिन समेत आग्रह गरिन् । 

स्वास्थ्य शिविरमा ३५० जनाले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा परीक्षण गरिएका मध्ये तीन जनामा मोतीविन्दु र तीन जनाको आँखाको शल्यक्रिया गर्नुपर्ने देखियो । कास्की सेवा अस्पताल प्रालि, कान्तिपुर डेन्टल अस्पताल, हिमालय आँखा अस्तपाल पोखराको प्राविधिक सहयोग र नेपाल जेस्युइट सोसाइटी पाल्पाले निःशुल्क औषधी प्रदान गरेका थिए । 

 

प्रकाशित: १८ मंसिर २०७५ ०७:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App