७ वैशाख २०८१ शुक्रबार
अर्थ

कोसी करिडोर बनाउन ठेक्का

काठमाडौं – कोसी नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् प्रवाहका लागि निर्माण हुने कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको ठेक्का भारतीय कम्पनी लार्सन एण्ड टर्बोलाई दिइएको छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार उक्त कम्पनीलाई २ करोड ५३ लाख ५ हजार अमेरिकी डलरमा ठेक्का दिइएको हो । यो आयोजना बनाउन पहिलो पटक गरिएको टेन्डरमा अर्को भारतीय कम्पनी केडिवीआईएलले ठेक्का पाएको थियो । आयोजना बनाउन बजेट उपलब्ध गराउने भारतको एक्जीम बैंकले केडिवीआईएलको प्रस्तावलाई स्वीकृति नदिए पछि दोस्रो टेण्डर निकालिएको थियो।

दोस्रो टेण्डरमा टर्वोलाई ठेक्का परेको हो । एक्जीम बैंकले पनि टर्वोको प्रस्तावलाई स्विकृति प्रदान गरेको छ ।प्राधिकरणले यो आयोजना बनाउन २ करोड ७७ लाख ९५ हजार अमेरिकी डलर लाग्ने अनुमान गरेको थियो । टेन्डरमा ८ वटा कम्पनीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: १८ मंसिर २०७५ ०७:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App