चिताएअनुरूपको सन्तान

मङ्गलबार, १८ मङि्सर २०७५, ०९ : ०५ डा. सुभाष पोखरेल

83


बेलायती लेखक एल्डस हक्सलेले सन् १९३२मा ‘ब्रेभ न्यु वल्र्ड’ उपन्यास लेखे। भविष्यमा कस्ता मानिस जन्मन्छन् र के गुण भएका नागरिकले संसारलाई शासन गर्छन् भन्ने भविष्यवाणी गरिएको उक्त पुस्तकलाई सन् २००३ मा बेलायती प्रशारण संस्था बिबिसीले झण्डै १० लाख पाठकमाझ गरेको सर्भे ‘द बिग रिड’ ले प्राचीनकालदेखि त्यसबेलासम्म प्रकाशित लाखौँ पुस्तकमध्ये पढ्नैपर्ने उच्च १०० को स्थानमा छान्यो। भगवानको इच्छामुताविकको सन्तान जन्मने ठानिएको तत्कालीन समयमा भविष्यमा कस्तो सन्तान जन्माउने भन्ने छनोट आमा÷बाबुले गर्न सक्ने आकलन गरी लेखिएको पुस्तक आफैँमा क्रान्तिकारी थियो नै। पछिल्लो समयमा मेडिकल साइन्सको विकासले उचाइ, छाला तथा कपालको रडमात्र होइन, बुद्धि तथा बलको छनोटसमेत गरेर सन्तान जन्माउन सकिने सपनालाई यथार्थमा उतार्न थालेको अवस्थामा लेखक हक्सलेलाई भविष्यवेत्ता मान्नैपर्ने भयो। सुचिकारकहा गएर इच्छामुताविकको लुगा सिलाएजस्तै चाहअनुसारको संन्तान जन्माउने माता÷पिताको सपनालाई के विज्ञानले यथार्थमा उतार्न सक्ला त भन्ने प्रश्नको उत्तर सहज छैन। तथापि उक्त दिशामा भएका अनुसन्धनात्मक सफलता र चुनौतीलाई पस्कनु यो लेखको उद्देश्य रह्यो।   

गत हप्ता चिनिया वैज्ञानिक हि जिएन्क्वेले एड्स रोगले पीडित दम्पतीलाई भविष्यमा ‘एचआइभी’ ले संक्रमण गर्न नसक्ने बच्चा जन्माउन आफ्नो ल्याबले मद्दत गरेको दाबी गरे। केही दिनअघि भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा डा. जिएन्क्वेले आफ्नो आविष्कारको बेलिबिस्तार लगाए। महारोगले सताएको बाबुका लागि भविष्यमा आफ्नो बच्चालाई एचआइभी भाइरसले सताउनै नसक्ने भन्दा अरु सुखद खबर के नै होला र ? एचआइभी भाइरसहरू ‘सिसिआर ५’ जिनको सहारामा हाम्रो शरीरमा प्रवेश गर्ने र शरीरको प्रतिरोधात्मक क्षमतालाई समाप्त पार्ने भएकाले नै हामीलाई एड्स रोग लाग्ने हो। तसर्थ, सिसिआर ५ जिन मानिसको शरीरमा नहुने हो भने मानिसलाई उक्त महारोग लाग्दैन। त्यही वैज्ञानिक अवधारणालाई डा. जिएन्क्वेले यथार्थमा उतारे, नवजात शिशुमा उक्त जिन नै हटाइदिए। संक्रमणको प्रवेशद्ववार नै बन्द भएपछि नवजात बालक ‘एचआइफी’ रेसिस्टेन्छ भए, ‘एड्स’ नलाग्ने बने। भगवानको खटनमा जन्मिएका बालकहरूभन्दा ल्याबको सहारामा जन्मिएका शिशु परिष्कृत देखिए।

मेडिकल साइन्सको विकासले उचाइ, छाला तथा कपालको रडमात्र होइन, बुद्धि तथा बलको छनोटसमेत गरेर सन्तान जन्माउन सकिने सपनालाई यथार्थमा उतार्न थालेको अवस्थामा लेखक हक्सलेलाई भविष्यवेत्ता मान्नैपर्ने भयो।

जीवमा रहेको अणुवांशिक पदार्थलाई ‘डिएनए’ भनिन्छ। लामो धागोको स्वरूपमा रहने डिएनएका खण्डहरूलाई जिन भनिन्छ। हाम्रो शरीरमा झण्डै २० हजार जिन हुन्छन्। कपाल कालो वा सेतो हुनु, व्यक्ति अग्लो वा होचो हुनु, शरीरको रडलगायतका प्रत्यक शारीरिक स्वरूपका लागि भिन्न जिन जिम्मेवार हुन्छन्। मानिसको बनोटका लागि जिनहरू जिम्मेवार छन् भन्ने धेरै वर्षअघि नै निक्र्योल भए तापनि मानिसको बुद्धिका लागि कुनै जिन जवाफदेहिता छ÷छैन भन्ने कुरामा वैज्ञानिकहरू लामो समयसम्म पनि एकिन थिएनन्। पछि, बेलायतको किंड्गस कलेजको एउटा अध्ययनले बौद्धिक क्षमता तथा शैक्षिक सफलताका लागि समेत मानिसमा रहेको जिन जिम्मेवार देख्यो। त्यसको मतलव जसरी मानिसको शारीरिक ढाँचाका लागि जिनहरू जवाफदेही हुन्छन् त्यसैगरी व्यक्तिको बौद्धिक सफलताका लागि डिएनएको बनोट जिम्मेवार हुन्छन्।

मानिसमा एउटामात्र डिएनए हुँदैन बरु एक जोर डिएनए हुन्छन्, एउटा पिता र अर्को माताबाट आएको। तसर्थ, शारीरिक तथा मानसिक क्षमताका लागि केवल बाबु वा आमाको जिनको भूमिका हुँदैन, बरु दुवैपट्टिबाट आएको जिनले सन्तानको भविष्य निर्धारण गर्ने हो। उदाहरणका लागि बाबु र आमा दुवैबाट आएको जिन आँखाको रड कालो बनाउने छन् भने बच्चाको आँखा कालो नै हुन्छ। तर आमाको जिनले कालो आँखा हुने भन्छ अनि बाबुको डिएनएका कारण निलो आँखा हुने बतायो भने बच्चाको आँखा के हुन्छ भन्न कठिन हुन्छ। त्यस्तो अवस्थामा दुई पहलमान मैदानमा उत्रँदा एउटाले जितेझैं कालो वा निलोमध्ये जुन जिनले जित्छ त्यही रडको आँखा भएको बच्चा जन्मन्छ।

नेपालमा अत्यधिक देखिने चिनी रोगको बायोलोजी हेरौँ। चिनी रोग लाग्नुमा आमासय (पेन्क्रियाज) ले बनाउने इन्सुलिन भन्ने इन्जाइमको भूमिका हुन्छ। कमसल इन्सुलिन उत्पादन हुँदा अथवा चाहिने मात्रामा इन्जाइम बनाउन आमासय असफल हुँदाको दुवै परिस्थितिमा मानिसमा डायबेटिज लाग्ने हो। आमा/बाबु दुवैको डिएनए अध्ययन गर्दा दुवै पक्षका आमासयका जिनहरू तन्दुरुस्त भए जन्मने बच्चालाई चिनी रोग लाग्दैन। कदाचित आमा र बाबु दुवैको पेन्क्रियाटिक जिन खराब छन् भने बच्चालाई पक्का चिनी रोग लाग्छ भन्छ मेडिकल साइन्सले। तसर्थ, बाबु÷आमा दुवैमा पेन्क्रियाटिक जिनहरू खराब भए जन्मने बच्चालाई कसरी स्वस्थ बनाउने त ? बच्चामा रहेका खराब जिनलाई नयाँ स्वस्थ जिनले प्रतिस्थापन गरे बच्चालाई चिनी रोग नलाग्ने बनाउन सकिन्छ। अब कमसललाई हटाएर असल जिन हाल्ने विधिको अवस्था हेरौँ :

युनिभर्सिटी अफ् क्यालिफोर्निया बर्कलीका प्राध्यापक जेनिफर डोडनालगायतका वैज्ञानिकको समूहले सन् २०१२ को हाराहारीमा ‘क्रिस्पर सिस्टम’ को विकास गरे। उक्त विधिलाई उपभोग गरेर जीवमा रहेका हजारौँ जिनमध्ये लामो रिबनलाई कैँचीले काटेझैं केबल एउटा जिनलाई मात्र सरक्क काटेर फाल्न अथवा एउटालाई हटाएर अर्को टुक्रा जोडनसमेत सकिने देखियो।

एचआइभी भाइरसहरू ‘सिसिआर ५’ जिनको सहारामा हाम्रो शरीरमा प्रवेश गर्ने र शरीरको प्रतिरोधात्मक क्षमता समाप्त पार्ने भएकाले नै हामीलाई एड्स रोग लाग्ने हो। हाम्रो शरीरमा यो जिन नहुने हो भने उक्त रोगै लाग्दैन। डा. जिएन्क्वेले नवजात शिशुमा त्यो जिन नै हटाइदिए।

डिएनएको खराब भागलाई हटाएर फाल्न अथवा अर्को असल खण्ड ल्याएर सरक्क जोड्न सक्ने भएपछि जिनमा आउने खराबीका कारण लाग्ने क्यान्सर, चिनी रोगलगायतका हजाराैँ रोग सजिलै बिसेक पार्न सक्ने देखियो। ल्याबमा भएका अनुसन्धानात्मक प्रगतिको सिंहावलोकन गर्दै सन् २०१६ मा संयुक्त राज्य अमेरिकाको औषधि विज्ञानको अनुगमन गर्ने निकाय ‘फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन’ ले क्रिस्पर प्रविधिको क्लिनिकल परीक्षणको अनुमति दियो। त्यसैअनुरूप क्यान्सर लागेका बिरामीको खराब जिनलाई क्रिस्पर विधिमार्फत असल जिनले प्रतिस्थापन गर्ने कामले रफ्तार लिएको देखियो, सकारात्मक परिणाम आएकोसमेत पाइयो।

कुनै पनि अनुसन्धानले उपचारको मान्यता प्राप्त गर्न धेरै तगारा पार गर्नुपर्ने भएकाले क्रिस्पर विधिले मेडिकल मान्यता पाउन केही वर्ष अझ कुर्नुपर्ने देखियो। तर चीनमा जिएन्क्वे समूहले सहजैरूपले एचआइभी एड्स नलाग्ने बच्चाको जन्म दिन सफल भइसकेको अवस्था अनि क्रिस्पर अनुसन्धानमा लागेका वैज्ञानिक समुदायको आयतन र हासिल भएको सफलता नियाल्दा जिनमा आएका खराबीका कारण देखिने क्यान्सरलगायतका धेरै रोग निदानमा मेडिकल साइन्सले ठूलो फड्को मार्न धेरै दशक कुर्नु नपर्ला भन्न सकिन्छ। तर बेलायती लेखक एल्डस हक्सलेले एक शताब्दीअघि सोचेझैं आफूले चाहेमुताबिकको सन्तान जन्माउने सपनाले मूर्त रूप कहिले लेला त भन्ने कौतुहलता हुनु अन्यथा भएन।

मानव शरीरमा रहेका हजारौँ जिनमध्येका धेरैको बायोलोजिक भूमिका एकिन गर्न वैज्ञानिक अझैं सफल भएका छैनन्। सामान्यतया एक जिनको एउटा दायित्व भए पनि कहिलेकाहीँ धेरै जिनको समूहले एउटा काम फत्ते गर्छन्। सामूहिक काम गरेको अवस्थामा हजारौँको संख्यामा रहेका जिनले एकापसमा के÷कस्तो सहकार्य गर्छन्, त्यसको निक्र्याेल गर्न त्यति सहज हुँदैन। जसका लागि लामो समय खर्चनुपर्ने हुन सक्छ। त्यस्तै एउटै जिनले धेरै काम गरेको अवस्थाको जटिलता भन्नै परेन।

बेलायती अनुसन्धानकर्ताहरूले बौद्धिक क्षमताका लागि जिनहरुको भूमिका रहने देखे पनि कुन जिनले पढाइ, कसले बौद्धिक क्षमता अनि समष्टिगतरूपमा ज्ञानी बनाउन कसले भूमिका खेल्छ भन्ने कुराको एकिन गर्न वैज्ञानिकले सकेका छैनन्। त्यस्तै भीमसेन जस्तो बलवान बन्न कुन जिन क्रियाशील हुनुपर्छ भन्ने कुराको ठम्याइ भएन। प्रत्येक जिनको दायित्व एकिन नभएको अवस्थामा दर्जीले लुगा तयार गरेझैंm आफूले चाहे चाहेको जिन नवजात शिशुमा हाल्ने काम त्यति सहज देखिन्न। उदाहरणका लागि कुनै आमाले बुद्धिमान छोरा खोजेको र अर्को महिलालाई बलवान सन्तान चाहिएको अवस्थामा बुद्धि र तागतका लागि जिम्मेवार जिनहरूको ठम्याइ हुनुपर्ने हुन्छ। हजारौँको संख्यामा जिन रहेको अवस्थामा क्रिस्पर विधिमार्फत चाहिने जिनको जोड÷घटाउ त्यती सहज नहुने पक्का छ। पर्याप्त अनुसन्धानात्मक ठम्याइबेगर काम गर्दा विद्वान् हुने ठहर गरी जन्माएको सन्तान पटमूर्ख अनि बलवान होला भन्ने ठानिएको बालक पिलन्धरे नहोला भन्न सकिन्न।

जेनेटिक इन्जिनियरिडमा भित्रिएको क्रिस्पर विधिले एकाध जिनमा आएको खराबीका कारण लाग्ने क्यान्सर जस्ता रोगलाई डिएनए प्रतिस्थापन विधिमार्पmत सहजै निको पार्न सक्ने देखिन्छ। तर अहिलेको उत्खननको रफ्तार हेर्दा असल जिनमात्र भएको डिएनए निर्माण गरी तद्नुरूपको सन्तती उत्पादन गर्न भने लामै समय कुर्नुपर्ने देखियो। तर असम्भव भने छैन। अहिलेको रिसर्चले सकारात्मक स्वरूप लिए भविष्यमा ‘टेलरमेड’ असल जिनहरूमात्र भएका सज्जन बच्चामात्र जन्मने र संसार रामराज्यमा रूपान्तरित नहोला भन्न सकिन्न। कदाचित परिणाम अर्कोतिर गए पृथ्वीमा दानवको राज नहोला भन्ने के छ र ? प्रविधिको सदुपयोग र दुरुपयोगले भित्र्याउने परिणाम जेनेटिक इन्जिनियरिडमा पनि फरक त कहाँ हुन्छ र ?







यसमा तपाईको मत

अन्य समाचार

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...

१६ वटा क्यामरा भएको स्मार्टफोन

१६ वटा क्यामरा भएको स्मार्टफोन

यी १६ वटा क्यामराहरु ४x४ को ग्रिडमा राखिने छ | ...

एल्मुनियम र काठको विकल्पमा युपिभिसी (uPVC)

एल्मुनियम र काठको विकल्पमा युपिभिसी (uPVC)

झ्याल–ढोका निर्माण गर्नलाई एल्मुनियम र काठका साथै अहिलेको निकै चर्चामा रहेको विकल्प हो– युपिभिसी । ...

आइफोनमा स्टोरेज बचत गर्ने तरिका

आइफोनमा स्टोरेज बचत गर्ने तरिका

अब किनिसकेको १६ जिबी आइफोनमा चल्ने कसरी ? यी हुन् स्टोरेज बचाउने टिप्स र विकल्प ! ...