८ वैशाख २०८१ शनिबार
कला

मल्टिमिडिया अवार्ड जित्दै श्रृङ्खला मिस वर्ल्डकाे अन्तिम ३० मा

काठमाडाैं - मिस नेपाल श्रृङ्खला खतिवडा मिस वर्ल्डको अन्तिम ३० मा प्रवेश गरेकी छिन्। सोमबार भएको मल्टिमिडिया अवार्ड जित्दै श्रृङ्खलाले अन्तिम ३० मा स्थान सुरक्षित गरेकी हुन्। यसअघि श्रृङ्खला हेड टु हेड च्यालेन्जमा सिंगापुरसँग पराजित भएकी थिइन्। 

मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए। त्यसमध्ये ओभरअल मल्टिमिडिया फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाएका थिए।

प्रकाशित: १७ मंसिर २०७५ १४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App