coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नेसनल ट्रेडिङबाटै ठगी, तोकिएभन्दा कम तेल वितरण

काठमाडौँ-नेसनल ट्रेडिङ लिमिटेड टेकुमा रहेको पेट्रोल पम्पले पाँच लिटर तेल भर्दा ४० मिलिलिटर कम वितरण गर्ने गरेको भेटिएको छ ।

नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले सोमबार गरेको जाँचमा उक्त परिणाममा कम तेल दिने गरेको फेला पारेको कार्यालयका प्रमुख शशीभूषण यादवले जानकारी दिए ।

‘हेलो सरकार’मा परेको निवेदका आधारमा जाँच गर्दा उक्त परिमाणमा फेला पारेको हो ।

“नागरिकलाई तेल भर्दा ठगी गरेकाले उक्त पम्पलाई तेल वितरणमा रोक लगाएका छौँ,” उनले भने।

यस्तै कार्यालयले नयाँ बजारमा रहेको खुश्बु कोल्डस्टोरले इजाजत अनुमतिपत्र नलिई सञ्चालन गरेको तथा ढक, तराजु जाँच नगराई सञ्चालन गरिएको जनाएको छ । उक्त कोल्डस्टोरलाई जरिवानाका लागि कार्यालयमा हाजिर हुन बोलाइएको छ । यसैगरी हेलो सरकारको उजुरीकै आधारमा बत्तीस पुतलीमा रहेको कुमारी आयल स्टोरमा पनि अनुगमन गरिएको छ । रासस

प्रकाशित: ११ आश्विन २०७३ ०९:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App