७ वैशाख २०८१ शुक्रबार
खेल

साउथएम्पटनका प्रशिक्षक ह्युज बर्खास्त

काठमाडाैं - इङ्लिस प्रिमियर लिग (इपिएल) क्लब साउथह्याम्पटन  प्रशिक्षक मार्क ह्युजलाई मंगलबार क्लबले बर्खास्त गरेको छ।

शनिबार लिगमा स्टार क्लब म्यानचेस्टर युनाइटेडलाई २–२ गोलको अन्तरमा रोक्न सफल भए पनि प्रशिक्षक मार्कलाई क्लबले बखास्त गरेको हो। यद्यपि, यस सिजन साउथह्याम्पटन खराब नतिजाको सामना गर्दै लिगको रेलिगेसन क्षेत्रमा  छ।

हाल साउथह्याम्पटन १४ खेलबाट ९ अंक बटुल्दै लिगको १८औं स्थानमा छ। सोही खराब नतिजाका कारण ५५ वर्षे प्रशिक्षक मार्क क्लबमा आबद्ध भएको आठ महिनामै बर्खास्त भएका हुन्। मार्कले गत मार्चमा पछिल्लो सिजन प्रिमियर लिगको रेलिगेसनबाट बच्दै एफए कपको सेमिफाइनलसम्म यात्रा बनाएको साउथह्याम्पटनको नेतृत्व लिएका थिए।

‘क्लबका लागि गरेको योगदानप्रति हामी मार्कलाई धन्यवाद दिन चाहन्छौं। तर पनि उनीसँग क्लब योभन्दा अगाडि बढ्न असमर्थ छ,’ क्लबले विज्ञप्तिमार्फत उल्लेख गर्दै भनेको छ, ‘नयाँ प्रशिक्षकको खोजी पनि भइसकेको छ।’ टिमका सहायक प्रशिक्षक केल्भिन डेभिसले आगामी बुधबार टोटेनह्याम हट्सपरसँग वेम्बलीमा हुने लिगको खेलका लागि जिम्मेवारी सम्हाल्नेछन्।

मार्कसँगै उनका अन्य प्रशिक्षक टिम मार्क बोवेन र इडिइ निइड्जविइकी पनि बर्खास्त भएका छन्। क्लबले यस सिजन १४ खेलमा एक मात्र जित निकाल्दा सात हार बेहोरिसकेको छ। यस सिजन क्लबले करियरमा ओरोला लागिरहेका म्यानचेस्टर युनाइटेड, बार्सिलोना र चेल्सीका खेलाडीलाई आबद्ध गरेको थियो।

प्रकाशित: १७ मंसिर २०७५ ११:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App