८ वैशाख २०८१ शनिबार
अर्थ

नेप्से स्थिर, कारोबारमा नेपाल बैंकको वर्चस्व

काठमाडौं–नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज स्थिर प्राय रहेको छ। आइतबार १७ अंकले घटेको परिसूचक आज ०.९ अंकको मात्र वृद्धिमा रोकियो। कारोबारको करिब मध्यसमयमा ११ सय ४३सम्म पुगेको परिसूचक बन्द हुँदाभने ११सय३१.७३मा आएर रोकिएको छ।

 सेयर बजार हरियो बन्दै गएपछि अल्पाकालीन लगानीकर्ता नाफा सुरक्षीत गर्न विक्रीमा केन्द्रित हुँदा बजार पुनः ओरालो लागेको थियो।

आजको कारोबारमा नेपाल बैंक लिमिटेड अगाडी रहेको छ। उक्त बैंकको मात्र करिब ५० प्रतिशत कारोबार भएको देखिएको छ। नेपाल बैंककोमात्रै आज ३२ करोड रुपैयाँको शेयर किनबेच भएका छन्। केही महिना पहिले बैंकले एफपीओ आह्वान गर्दा विक्रिीका लागि निर्धारित शेयरको करिब आधामात्र आवेदन परेको थियो।तर पछिल्ला केही दिनमा उक्त बैंकको शेयर कारोबारले अग्रता कायम गरिरहेको छ।

दोस्रो धेरै कारोबार भएको मुक्तिनाथ विकास बैंकको २ करोड २२ लाख रुपैयाँको शेयर किनबेच भएको छ। सोमबार कुल १५६ कम्पनीका २१लाख ३९ लाख कित्ता शेयरहरु ६३ करोड ७९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ।

आज समूहगत कारोबारमा चार समूहमा वृद्धि भएको छ भने ७ समूहमा गिरावट आएको छ। बढ्नेमा सबैभन्दा  धेरै निर्जीवन बिमा समूह ९२.१ अंकले सुधार आएको छ भने जीवन बिमा समूह १३.५७ अंकले बढेको छ। घट्नेमा सबैभन्दा धेरै उत्पादनमूलकको ९.२१, लघुवित्तको ८.३१ विन्दु रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

 

प्रकाशित: १७ मंसिर २०७५ १०:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App