७ वैशाख २०८१ शुक्रबार
समाज

ठुलो मात्रामा लागु अाैषध सहित ३ पक्राउ

बरामद भएकाे लागु अाैषध। तस्बिर : रितेश/नागरिक

वीरगन्ज - नेपालमा बिक्री वितरणका लागि प्रतिबन्धित रहेको नशाका लागि प्रयाेग गरिने अवैध औषधि सहित ३ जना पक्राउ परेका छन्। नशाका लागि प्रयोग गरिने १ हजार ५ सय थान ‘इन्जेक्सन’ र ३ सय थान ट्याबलेट सहित वीरगन्जको बेग्लाबेग्लै ठाउँबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको हो।

नगवा चोक र रजतजयन्ती चोकमा बेग्लाबेग्लै खटिएको जिल्ला प्रहरी कार्यालय पर्साकाे टोलीले चेकजाँचको क्रममा लागु औषधको रुपमा प्रयोग हुने ‘इन्जेक्सन’ र ट्याबलेट बरामद गरेका हुन्। पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका ४ बस्ने बिजय परियार, वीरगन्ज महानगरपालिका २० रामागढवा बस्ने उदय भनिने २० वर्षीय ओम साह तेली र सोही ठाउँ बस्ने १८ वर्षीय ज्याउल अन्सारी रहेका प्रहरीले जानकारी दिएको छ। पक्राउ परेकामाथि लागु औषध ओसार पसार कसुर अन्तर्गत मुद्दा चलाइएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। 

प्रकाशित: १७ मंसिर २०७५ १०:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App