coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

टी-१० काे उपाधि वारियर्सलार्इ

युएर्इ - युएर्इमा सम्पन्न टी–१० क्रिकेटको उपाधि नर्दन वारियर्सले जितेको छ। सारजहाँमा अाइतबार राती भएको फाइनल खेलमा वारियर्सल पख्तुन्सलाई २२ रनले पराजित गर्‍याे। जितका लागि १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको पख्तुन्सले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै १ सय १८ रन मात्रै जोड्दा वारियर्सले खेल २२ रनले आफ्नो पक्षमा पारेको हो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वारियर्सले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै १ सय ४० रन जोडेको थियो। उसका लागि रोभमान पवेलले अविजित रहँदै सर्वाधिक ६१ रन बनाए। आन्द्रे रसलले ३८ रन बनाए। १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको पख्तुन्सले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै १ सय १८ रन मात्रै जोड्न सफल भयो। पख्तुन्सका एन्ड्रे फ्लेचरले ३७ रन जोड्दा वारियर्सका क्रिस ग्रिन र भिलजोनले समान २/२ विकेट लिए। टी–१० लिगमा नेपालका सन्दीप लामिछानेले समेत केरला नाइट्सबाट सहभागिता जनाएका थिए। 

 

प्रकाशित: १७ मंसिर २०७५ ०८:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App