७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

कतारले ओपेकको सदस्यता त्याग्ने

तस्बिर : एजेन्सी

दोहा - खाडी राष्ट्र कतारले पेट्रोलियम निकासीकर्ता मुलुकहरुको सङ्गठन (ओपेक) को सदस्यता अर्को महिनाबाट त्याग्ने घोषणा गरेको छ। कतारका ऊर्जा मन्त्री साद अल काबीले अब कतार ग्यास उत्पादनमा केन्द्रित रहने घोषणा गरे।

काबीले सोमबार दोहामा आयोजित पत्रकार सम्मेलनमा कतारले जनवरी २०१९ देखि लागू हुनेगरी ओपेकको सदस्यता त्याग्ने निर्णय गरेको बताए। उनले कतारले तेल उत्पादनलाई निरन्तरता दिने भएपनि ग्यास उत्पादनमा आफूलाई केन्द्रित गर्ने जानकारी दिए। कतार विश्वमै तरल प्राकृतिक ग्यासको सबैभन्दा ठूलो निर्यातक मुलुक समेत हो। “हामीसँग तेलको त्यति ठूलो सम्भावना छैन, हामी यथार्थपरक हुनै पर्दछ", उनले भने, "हाम्रो क्षमता नै ग्यास हो।”

सन् १९६१ मा कतार ओपेकको सदस्य भएको थियो। मन्त्री काबीले कतारको निर्णयका बारेमा ओपेकलाई पूर्व जानकारी दिइएको बताए। ओपेकमा तेलको धनी राष्ट्र साउदी अरेबियाको प्रभुत्व छ। साउदी अरेबियाले ओपेकमा आबद्ध केही देशको गठबन्धन बनाई जुन २०१७ देखि कतारमाथि नाकाबन्दी गरेको छ। 

प्रकाशित: १७ मंसिर २०७५ ०७:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App