coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

छिमेकबाट विज्ञ र प्रबिधि ल्याएर भएपनि बेपत्ता घिमिरेको खोजी गर्न आग्रह

काठमाडौं–मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले त्रिशुली दुर्घटनामा बेपत्ता पूर्व गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेको खोजीमा प्रयाप्त पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले छिमेकी मुलुकबाट विज्ञ र प्रबिधि झिकाएर भएपनि खोजी कार्यलाई सफल पार्न ध्यानाकर्षण गराएका छन्। घिमिरे रेग्मी सरकारका गृह तथा परराष्ट्रमन्त्री थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग टेलिफोन सम्पर्क गरेर रेग्मीले दुर्घटनाको ४० घन्टा बितिसक्दा पनि घिमिरेको अवस्था अज्ञात रहेकोप्रति चिन्ता र चासो जनाएका हुन्।

घिमिरेको खोजी गर्न भारतीय सीमासम्म जनशक्ति परिचालन गर्न उनले आग्रह गरेका छन्।

‘दुर्घटना भएको चालिस घण्टाभन्दा बढी समय बितिसक्दा पनि सरकारले पूर्वमन्त्री घिमिरे र उहाँका पारिवारिक सदस्यहरुको स्थितिका बारेमा जानकारी गराउन नसकेकोमा चिन्तित हुँदै रेग्मीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सम्पर्क गरी खोजी र उद्धारको कार्यमा अत्याधुनिक उपकरणहरु प्रयोग गर्न र खोजी कार्य गण्डक नहरको भारतीय सीमासम्म पुर्याउन विशेष आग्रह गर्नुभएको छ ।’ रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेद्वारा प्रेषित प्रेस नोटमा उल्लेख छ।

मुक्तिनाथ दर्शन गरेर फर्कदा आइतबार साँझ घिमिरे चढेको बा ९ च १५३१ नम्बरको गाडी पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरमा दुर्घटना भई त्रिशूली नदीमा खसेको थियो।

प्रकाशित: ११ आश्विन २०७३ ०८:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App