८ वैशाख २०८१ शनिबार
अर्थ

नयाँ टाटा टिगोर बजारमा

काठमाडाैं - टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले आइतबार नेपाली बजारमा नयाँ गाडी भित्र्याएको छ। सिप्रदीले टाटा टिगोर गाडी बजारमा ल्याएको हो।

सुन्दर बाहिरी र भित्री बनावट भएको टाटा टिगोर पेट्रोल बाट चल्ने सेडानको न्युनतम मुल्य नेपाली बजारमा २७.५५ लाख (१.२ लि. रेभोट्रन) पर्ने र टाटाका सबै आधिकारिक विक्री केन्द्रहरुमा यो गाडी उपलब्ध हुने सिप्रदीले जानकारी दिएको छ।

टाटा मोटर्सका इन्टरनेसनल प्यासेन्जर युनिटका प्रमुख सुजन रोयले सही मूल्यमा बोल्ड, आकर्षक वनावट र उपयुक्त प्रिमियम खोज्ने ग्राहकहरुकाबीच कम्प्याक्ट सेडान निकै लोकप्रिय रहेको बताए। यस्तै सिप्रदी ट्रेडिंगका प्रमुख कार्यकारी अधिकृत श्री राजन बाबु श्रेष्ठले अरुभन्दा केहि फरक गर्ने दृढता अनुरुप नयाँ टिगोर बजारमा आएको बताए। उनले यो केवल टाटाको नयाँ उत्पादन मात्र नभइ सम्पूर्ण अटोमोबाइल उद्योगकै नयाँ आयाम भएको बताए।

सेडान एजिप्सियन निलो, रोमन सिल्भर, एस्प्रेसो खैरो, बेरी रातो, पियरसेंट सेतो र टिटानियम खैरो गरी ६ वटा रङ्गमा उपलब्ध छ।

प्रकाशित: १६ मंसिर २०७५ १४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App