८ वैशाख २०८१ शनिबार
समाज

दृष्टिविहीन विद्यार्थीलाई गणित र विज्ञानको चिन्ता

पाल्पा- रत्ननगर नगरपालिका–९, चितवनकी कविता बराल दृष्टिविहिन विद्यार्थी हुन्। माध्यमिक शिक्षा परीक्षा ‘एसइई’ पुरा गरि उनी अहिले कक्षा ११ मा अध्ययनरत छिन्। दमकडा माध्यमिक विद्यालय, तानसेन नगरपालिका–९, दमकडामा उनीले ब्रेल लिपीको सहायतामा पढ्दै छिन्। उनको चिन्ता छ, एसइई त पुरा गरियो। अब उच्च शिक्षामा गणित, विज्ञान र चित्रात्मक विषय कसरी पढ्ने। गणित र विज्ञानमा हिसाब गर्नुपर्ने र चित्र बनाएर व्याख्या गर्नुपर्ने भएकाले अन्य विषयमा जस्तो राम्रो अंक नआउने उनी बताउँछिन्।

दमकडा माविमा अहिले पाल्पासँगै स्याङ्जा, अर्धाखाँची, चितवन, बाजुरा, गुल्मी, रुपन्देही र नवलपुर जिल्लाका २७ जना दृष्टिविहिन विद्यार्थीले ब्रेललिपीमा अध्ययन गर्दै आएका छन्। विद्यालयले २०५२ सालदेखी निशुल्क रुपमै आवासीय  व्यवस्था सहित दृष्टिविहिन विद्यार्थी पढाउँदै आएको छ। कक्षा ३ मा अध्ययनरत स्याङ्जाका बबिन रानाले गणित पढ्न निकै अप्ठ्यारो लाग्ने बताए। रामपुर नगरपालिका–२, पाल्पाकी सीता कुमाल कक्षा ९ मा पढ्दै छिन्। उनलाई गणित र विज्ञान घोकेर भन्दा पनि अभ्यास गरेर लेख्नु पर्ने भएकोले गाह्रो लाग्ने बताईन्। उनी भन्छिन्, आंशिक दृष्टिविहीनलाई पनि अत्यन्त मेहनत गर्नुपर्छ।

परीक्षामा चित्र बनाएर वर्णन गर्नु पर्ने प्रश्नले निकै समस्या पार्छ। दमकडा माविका दृष्टिविहिन शिक्षक कृष्णप्रसाद पराजुलीले गणित र विज्ञान विषय पढाउन र विद्यार्थीले लेख्न दुवै गाह्रो भएको बताए। उनी भन्छन्, बुझाउनै सकिँदैन पहिले त। फेरी परीक्षामा लेख्न पनि गाह्रो छ। यता सहयोगी राखेर परीक्षा दिनेहरुलाई भने नेपाली बिषयमा अप्ठ्यारो छ। सहयोगीले लेख्न त दृष्टिविहिनले भनेअनुसारै लेख्छन्। तर ह्स्वदीर्घ, कमा, पूर्णविराम, स्पेलिङमा उनीहरुले मिलाउन सकेनन् भने परीक्षा बिग्रन्छ भन्ने चिन्तामा विद्यार्थी हुन्छन्। दृष्टिविहीन वा अन्य कुनै कारणले आफैंले परीक्षामा लेख्न नसक्नेलाई उनीहरूभन्दा तल्लो कक्षाका विद्यार्थी सहयोगी राख्न पाउँछन्। शिक्षक पराजुली भन्छन्, ‘देख्ने र नदेख्नेबीचको प्रतिष्पर्धाले विद्यार्थीमाथि विभेद भएको छ,’ उनले भने, ‘दृष्टिविहीन र सामान्य अवस्थाका वीद्यार्थीबीच शिक्षा मात्र होइन अलग्गै पाठ्यक्रम हुनु जरुरी छ।’     

विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले दमकडाँमा जुनसुकै जिल्लाका फरक क्षमता भएका विद्यार्थीहरुले निशुल्क रुपमा अध्ययनको अवसर पाएको बताए। ‘पूर्ण आवासीय रुपमा अन्नदान तथा मुष्ठीदान गरेर विद्यालय चलेको छ, सापकोटाले भने, विद्यालयमा फरक क्षमता भएका विद्यार्थीहरुले राम्रो अवसर पाएका छन्। अन्य जिल्लामा यस्ता विद्यार्थीहरु भए हामी पढाउँछौं।

यसैबीच पाल्पाली सेवा समाज दोहा कतारले दृष्टिविहिन विद्यार्थीहरुका लागि एक लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग गरेको छ। कतारमा काम गर्ने पाल्पाली युवाहरुले श्रम गरेको पैसा बचत गरि सहयोग गरिएको संस्थाका अध्यक्ष यमबहादुर विकले बताए।

 

प्रकाशित: १६ मंसिर २०७५ १३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App