७ वैशाख २०८१ शुक्रबार
समाज

बुटवलमा २५ केजी चरेश सहित ४ जना पक्राउ

रुपन्देही – बुटवलमा २५ केजी चरेश सहित ४ जना पक्राउ परेका छन्। चरेश विक्रीका लागि बार्गेनिङ गरिरहेको बेला शनिबार राती बुटवल इटटाभट्टी लाइनबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

प्रदेश अनुन्धान समूहको सूचनाका आधारमा ठूलो परिणामको चरेश सहित लागूऔषध कारोबारमा संलग्नलाई पक्राउ गरिएको प्रदेश ५ प्रहरी कार्यालय दाङले जनाएको छ। पक्राउ पर्नेमा जाजरकोट खलगां गाउँपालिका ९ का ४४ वर्षीय तिलक पुन, जाजरकोट दारेकोट १ बस्ने २८ वर्षीय टोपेन्द्र बोहोरा, जाजरकोट नल्गा गाउँपालिका २ का २८ वर्षीय प्रेम विक र रुपन्देही बुटवल उपमहानगर ११ का ४० वर्षीय दिपेन्द्र घर्ती रहेका छन्।

बुटवलका दिपेन्द्रले जाजरकोटका ३ जनासँग चरेश विक्रीका लागि बार्गेनिङ गरिरहँदा पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्ले बताए। पक्राउ परेका ४ जनालाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ। लागूऔषध मुद्धामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको डिएसपी मल्ले बताए।

बुटवलमा लागूऔषधको समस्या बढ्दै गएको बेला प्रहरीले कारोबारमा संलग्नलाई धमाधम पक्राउ गर्न थालेको छ। गत कार्तिक १७ गते पनि प्रदेश ५ को अनुसन्धान प्रहरी टोलीले नै ३७ किलो चरेश सहित ३ जनालाई पक्राउ गरेको थियो। यी दुवै चरेश बाग्लुङहुँदै बुटवल आइपुगेको प्रहरीले बताएको छ।

प्रकाशित: १६ मंसिर २०७५ १३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App