८ वैशाख २०८१ शनिबार
समाज

धादिङको लापाङमा बस दुर्घटना, १७ काे मृत्यु

बस दुर्घटनामा घाइते भएकी बालिका। तस्विरः रमेश धमला

काठमाडौं–धादिङबेसीबाट किन्ताङफेदि जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मार्पाक गाविस–६ लापाङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।  धादिङ कांग्रेस सभापति रमेश धमलाका अनुसार साे दुर्घटनामा मृत्यु हुनेकाे संख्या १७ पुगेकाे छ। १२ जना घाइतेकाे उद्धार गरी हेलिकप्टरमार्फत राजधानी ल्याइएकाे छ।

 दुर्घटनाकाे खबर पाएलगत्तै धमला हेलिकप्टर लिएर दुर्घटनास्थल पुगेका थिए। ३१ जनाले धादिङ बेसीबाट बसकाे टिकट काटेकाे प्रहरीले जनाएकाे छ।   १२ जनाको उद्धार गरिएको र अन्यको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिए।

प्रकाशित: ११ आश्विन २०७३ ०६:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App