coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भर्‍याङबाटबाट लडेर शिक्षकको मृत्यु

रुकुम - रुकुम (पश्चिम) को मुसिकोट नगरपालिकामा एक शिक्षककाे आफ्नै घरको भर्‍याङबाट लडेर मृत्यु भएको छ। नगरपालिका–२ सिस्नेखोलामा रहेको महाकाली माविका शिक्षक नरबहादुर खड्काको भर्‍याङबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

शनिबार राति शौच गर्नको लागि घरको माथिल्लो तलाबाट झर्दै गर्दा लडेर घटना स्थलमै उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रमोद कुमार क्षेत्रीले जानकारी दिए। शिक्षक खड्काले मदिरा सेवन गरेकाले भर्‍याङबाट झर्दा लडेको उनले बताए। शिक्षक खड्का काठमाडौंकाे किर्तिपुरमा बस्दै आएका छन्।

 

प्रकाशित: १६ मंसिर २०७५ १२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App