७ वैशाख २०८१ शुक्रबार
कला

क्यान्सर पीडित बलिउड नायिका सोनाली घर फर्कने

काठमाडाैं - क्यान्सरबाट पीडित बलिउड चर्चित नायिका सोनाली बेन्द्रे अमेरिकामा उपचार पश्चात मुम्बइ फर्कने भएकी छिन्। क्यान्सरको उपचारका लागि विगत ५ महिनादेखि अमेरिकाको न्युयोर्कमा रहेकी बेन्द्रे डाक्टरको सल्लाह बमोजिम घर फर्कने भएकी हुन्।

स्वास्थ्यमा सुधार भएपछि उनलाई डाक्टरले घर फर्केर आराम गर्न सक्ने सल्लाह दिएका थिए। तर बेलावखतमा उनलाई फलोअपको लागि अमेरिकामा जानु पर्ने हुन सक्छ।

बेन्द्रेले ट्विट मार्फत आफु घर फर्कन पाएकोमा खुशी व्यक्त गरेकी छिन्। बेन्द्रेले यसअघि ट्विट मार्फत नै आफुलाई हाइ ग्रेडको मेटालिस्टिक क्यान्सर भएको बताएकी थिइन्।

प्रकाशित: १६ मंसिर २०७५ ११:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App