७ वैशाख २०८१ शुक्रबार
खेल

‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबको पहिलो जित

काठमाडौं – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले पहिलो जित दर्ता गरेको छ। एन्फा कम्प्लेक्समा सातदोबाटोमा आइतबार सम्पन्न पहिलो खेलमा फ्रेन्ड्सले मछिन्द्र क्लबलाई ३–० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुल्यो।

चार खेलपछि फ्रेन्ड्सले जित निकालेको हो। फ्रेन्ड्सले चार खेलमा ३ हार र १ बराबरी खेलेको थियो। फ्रेन्ड्सलाई जित दिलाउन फोफाना ब्राहिमान, संजोक महर्जन र अनिल महर्जनले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि खेलको ६६ औं मिनेटमा ब्राहिमानको गोलमा फ्रेन्ड्सले सुरुवाती अग्रता लिएको थियो।

८४ औं मिनेटमा संजोकले गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर पारे। त्यस्तै दोस्रो हाफको इन्जुरी समयमा अनिलले गोल गर्दै फ्रेन्ड्सलाई ३–० को जित दिलाए। फ्रेन्ड्सका कप्तान असिम भुसाल खेलको म्यान अफ दि म्याच घोषित भए।

जितसँगै ५ खेलबाट ४ अंक जोडेको फ्रेन्ड्स तालिकाको ९ औं स्थानमा उक्लिएको छ। मछिन्द्रको लिगमा यो तेस्रो हार हो। ५ खेलबाट २ अंक जोडेको मछिन्द्र लिगको १२ औं स्थानमा छ।

प्रकाशित: १६ मंसिर २०७५ ०८:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App