संविधान संशोधन हुन सक्छ : उपसभामुख तुम्बाहाम्फे

आइतबार, १६ मङि्सर २०७५, १३ : २९ चिरन शर्मा  | @chiranuk

लन्डन- बेलायत भ्रमणमा रहेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेसँग गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले अन्तरक्रिया गरेको छ। कार्यक्रममा उपसभामुख तुम्बाहाम्फेले एनआरएन नेपाली जहाँ बसे पनि एउटै आवाज रहेको बताइन्।

उनले नेपालको संविधान लचकदार भएकोले जनचाहना अनुरुप संविधानको मूलमर्म नबाझिने गरी संशोधन हुनसक्ने बताइन्। उनले एनआरएनको नागरिकताको विषयलाई सम्बन्धित संसदीय समितिसम्म पुर्‍याउने बचन दिइन्।

उनले एनआरएनको अधिकार संविधानको मर्मअनुरुप नागरिकतामा सुनिश्चित गरिने बताइन्।

एनआरएन युके अध्यक्ष योगकुमार फगामीको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएनए   उपाध्यक्ष कुल आचार्यले नेपालबाट गैरकानुनी रुपमा बेलायत पैसा भित्रिएको बताए। उनले देशको आर्थिक विकास हुन्छ भने विदेशबाट नेपाल पैसा लैजाने प्रक्रिया सहज हुनुपर्नेमा जोड दिए।

राष्ट्रिय जनमुक्ति पार्टीको उपाध्यक्ष कमला थापाले कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएन नागरिकताको सुनिश्चित नभएसम्म समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा नहुने बताइन्। उनले भूपू गोर्खाको नागरिकताकोसमेत ग्यारेन्टी हुनुपर्नेमा जोड दिइन्।

पूर्वसंसद तारा राईले राजनीतिक चेतना नहुँदा राजनीतिप्रति घृणा बढेको बताइन। उनले नेपाली राजनीतिमा महिलाको भूमिका बढेको विचार राख्दै अब संसदमा पनि ५० प्रतिशत महिला हुनुपर्नेमा जोड दिइन्।

अल्डरसटस्थित एम्पायर हालमा शनिवार सम्पन्न अन्तरक्रिया कार्यक्रममा संसद नविना लामाले विदेशमा बस्ने नेपालीले देशको लागि गरेको योगदानको प्रशंसा गरिन्। उनले महिलाको विकास राम्रोसँग हुन् नसके पनि राजनीतिमा महिला सहभागिता सन्तोषजनक रहेको बताइन्। विदेशमा बस्ने नेपालीमा राष्ट्रप्रतिको भावना धेरै नै पाएको बताउदै समृद्ध नेपालको अभियानमा लाग्न उनले आव्हान गरिन् ।

 

 







यसमा तपाईको मत


अन्य समाचार

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।