coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

स्यान्टु र नविता च्याम्पियन

काठमाडौं – स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले १०औं पूर्णमान वज्राचार्य स्मृति खुला टेबलटेनिस प्रतियोगिताको एकल विधाको उपाधि शनिबार जितेका छन्।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न प्रतियोगिताको फाइनलमा स्यान्टुले एपिएफका अमरलाल मल्ललाई ६–११, ११–७, ११–९, ११–४, ८–११, ११–७ को सेटमा पराजित गर्दै उपाधि चुमेका हुन्। काठमाडौंका चन्दन शाही र एपिएफका शिवसुन्दर गोथे संयुक्त रूपमा तेस्रो भए।

महिला एकलको उपाधि भिडन्तमा नविताले टाइम्स इन्टरनेसनलकी रविना महर्जनलाई ११–७, ११–१३, ११–७, ११–८, ११–३ को सेटमा पराजित गरिन्। नेपाल पुलिसकी एलिना महर्जन र एपिएफकी सेलिसा खड्गी तेस्रो भए। पुरुष–महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ५–५ हजार रुपैयाँ नगद पुरस्कार हात पारे।

अखिल नेपाल टेबलटेनिस संघको तत्वाधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ४० वर्षमाथि उमेश मानन्धर, ५० वर्षमाथि कपुर शर्मा र ६० वर्षमाथि उदयमोहन श्रेष्ठ पहिलो भए।

स्कुलतर्फ युगल ब्वाइजमा एन्जल लर्डका स्वीकार लामा र निमेश लिम्बु तथा गल्र्समा ह्वाइटफिल्डकी कृतिका अग्रवाल र दिया मगैयाको जोडी पहिलो भए।

प्रकाशित: १६ मंसिर २०७५ ०७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App