coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आयोजकलाई उपाधि

काठमाडौं – आयोजक सेन्चुरी बैंकले शनिबार सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेटको पाँचौं संस्करणको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको फाइनलमा सेन्चुरीले एनआइसी एसिया बैंकमाथि तीन विकेटको जित निकाल्दै उपाधि आफ्नो बनायो।

टस जितेर पहिले ब्याटिङ गरेको एनआइसीले निर्धारित ५ ओभर खैल्दै ७६ रनको विशाल स्कोर खडाको गरेको थियो। एनआइसीका लागि सन्दीप कार्कीले आक्रामक ब्याटिङ गर्दै नटआउट ३१ रनको योगदान दिए। उनले १२ बलमा पाँच चौका र एक छक्का प्रहार गरे। सन्जोग शर्माले आठ बलमा तीन चौका र एक छक्काको मद्दतमा २४ रन बनाए।

जबाफी ब्याटिङ गरेको सेन्चुरीका लागि विष्णु तिवारीले अविजित १९ रन बनाउँदै आफ्नो टोलीलाई अन्तिम बलमार्पmत जित दिलाए। म्यान अफ दी म्याच विष्णुले सात बलमा तीन चौका र एक छक्का प्रहार गरे। सुवास शर्माले ८ बलमा दुई छक्कासहित २१ रनको योगदान दिँदा सेन्चुरीको जितको आधार बनेको थियो।

विजय गौतमले पाँच बलमा तीन चौका प्रहार गर्दै १२ रन बनाएर आउट भए। एनआइसीका लागि दीपेन कार्कीले एक ओभरमा दुई विकेट लिए पनि सेन्चुरीका जित रोक्न सकेनन्। उनले कुल १४ रन खर्चिएका थिए। शनिबार नै भएको सेमिफाइनलमा एनआइसीले सुबिसुमाथि ९ रनको जित निकाल्दै फाइनलमा सेन्चुरीसँगको भेट पक्का गरेको थियो।

यसअघि पहिलो सेमिफाइनलमा सेन्चुरी बैंकले भारतीय दूतावसमाथि ५ विकेटको सहज जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो। गत संस्करण सिभिल बैंक विजेता र आइसिएफसी फाइनान्स उपविजेता बनेको थियो। पाँचौं संस्करणमा फेयर प्लेको अवार्ड जनता बैंकले प्राप्त गरेको थियो।

प्लेयर अफ दी सिरिज घोषित सेन्चुरीका सुरज तिमिल्सिनाले सामसरा रेमिटबाट १० हजार नगद पुरस्कार प्राप्त गरे। उनले प्रतियोगितामा कुल १ सय १२ रन बनाउँदा दुई विकेटसमेत लिएका थिए। सर्वाधिक छक्का प्रहारको उपाधि पनि सुरजले नै हात पारे। कुल १ सय १४ रन बनाएका सुबिसुका रोजन प्रधान बेस्ट ब्याट्सम्यान र सर्वाधिक ६ विकेट लिएका एनआइसीका सुमित श्रेष्ठले बेस्ट बलरको उपाधि जिते।

बेस्ट विकेटकिपर सेन्चुरीका सुवास शर्मा र बेस्ट फिल्डर सनराइजका केदार सिंह चयन भए। प्रतियोगिताका विजेतालाई पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, सेन्चुरी बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ र सिइओ तुलसीराम गौतमले पुरस्कृत गरेका थिए।

प्रकाशित: १६ मंसिर २०७५ ०७:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App