७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानन्यायाधीश सिफारिसको लागि सोमबार संवैधानिक परिषदको बैठक

काठमाडौं- नयाँ प्रधानन्यायाधीश सिफारिसको लागि संवैधानिक परिषदको बैठक बोलाइएको छ। सोमबार ११ बजेका लागि परिषदको बैठक बोलाइएको हो।

न्यायपरिषदले प्रधानन्यायाधीशको लागि दुई जनाको नाम पठाइसकेको छ। जसमा चोलेन्द्र शमसेर जबरा र दीपकराज जोशी छन्। यस अघि जोशीको नाम संसदीय सुनुवाईबाट अस्वीकृत भइसकेको ले उनलाई कैफियतमा राखिएको छ।

त्यतिबेला जोशीको नाम अस्वीकृत भएपछि ओमप्रकाश मिश्र प्रधानन्यायाधीश बनेका थिए। उनले एक महिनापछि उमेरका कारण अवकास पाउँदैछन्।

 

 

प्रकाशित: १६ मंसिर २०७५ ०६:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App