काठमाडौं– चीनमा जारी मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धामा मिस नेपाल श्रृंखला खतिवडा पराजित भएकी छिन्। उनी हेड–टू–हेड च्यालेन्जको दोस्रो चरणमा मिस सिंगापुरसँग पराजित भएकी हुन्।
श्रृंखला पहिलो चरणमा भने समूह विजेता बनेकी थिइन। शनिबार भएको दोस्रो चरणको प्रतिस्पर्धामा सिंगापुरकी भेनिसा पेहसँग पराजित हुँदै अन्तिम ३० मा छनोट हुन सकिनन्। अब श्रृंखलाका लागि मल्टिमिडिया वा ब्यूटी विथ पर्पज क्याटागोरीमा जितेर अन्तिम ३० मा पर्न सक्ने विकल्प बाँकी छन्।
प्रकाशित: १६ मंसिर २०७५ ०५:४५ आइतबार