७ वैशाख २०८१ शुक्रबार
समाज

धादिङमा मोटरसाइकल दुर्घटना: चालकको मृत्यु, एक घाइते

धादिङ– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका ६ दशकिलामा आइतबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धादिङ जिल्लाबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख ८३९५ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको बा ३६ प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। 

दुर्घटनामा मोरसाइकल चालक धादिङ गजुरी गाउँपालिकाका ५५ वर्षीय नारायणकाजी भण्डारीको मृत्यु भएको छ भने मोटरसाइकलको पछाडि सवार सोही ठाउँमा बस्ने ४२ वर्षीय धनकुमारी घाइते भएकी छन्। घाइतेको धाक्रेस्थित गणेशमान अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छ। 

प्रकाशित: १६ मंसिर २०७५ ०५:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App