७ वैशाख २०८१ शुक्रबार
समाज

मोटरसाइकल दुर्घटना हुँदा एकको मुत्यु, तीन घाइते

लमही- दाङमा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। राप्ती गाउँपालिका–५ पहरुवा नजीकै गए राति ९ बजेतिर रा२प ७५३७ नंको मोटरसाइकल र रा२प ८४२५ नंको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। 

मृत्यु हुनेमा रा२प ७५३७ मा सवार राप्ती–५ कालापानीका ३५ वर्षीय देवलाल चौधरीको कोहलपुर मेडिकलमा उपचारको क्रममा आज बिहान ४ बजेतिर मृत्यु भएको हो। अन्य घाइतेको सोही मेडिकलमा उपचार भइरहेको दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। मोटरसाइकलमा दुई/दुई जना सवार थिए। 

प्रकाशित: १६ मंसिर २०७५ ०५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App