७ वैशाख २०८१ शुक्रबार
कला

पैसा तिर्न कंगनाको चेतावनी

मुम्बई – आफ्नो फिल्म ‘मणिकर्णिका – द क्वीन अफ झांसी’को रिलिजको पखाईमा रहेकी बलिउड नायिका कंगना रनावतले निर्मातालाई कामदारको पैसा भुक्तान नभएसम्म फिल्म प्रचारमा नहिँड्ने चेतावनी दिएकी छन्। उनले आफूलाई निर्माताले केही आश्वासन दिएकाले मात्र आफू चुप लागेर बसेको खुलाएकी छन्।

‘निर्माताले पैसा भुक्तान गर्ने भन्दै आश्वासन दिएर शान्त रहन आग्रह गरेका छन्। फिल्म र निर्माण पक्षबीच यस्तो कुनै समस्या होला भन्ने मलाई लाग्दैन,’कंगनाले भनेकी छन्।

कंगनाको फिल्म ‘मर्णिकर्णिका’ र अभिनेता ऋतिक रोशनको फिल्म ‘सुपर ३०’ सँगै रिलिज हुने चर्चा पनि थियो। तर अब यी दुई फिल्म सोलो रुपमा रिलिज हुँदैछन्। ‘मेरा लागि सबैभन्दा महत्वपूर्ण कुरा ती मानिस हुन्। जसका कारण म स्वतन्त्र छु। स्वराज छु। त्यसका लागि रिलिजको मिति महत्वपूर्ण हुन्छ। रिलिजको दिन मेरो फिल्म एक्लै आउने भएकाले म धेरै खुशी छु।’ कंगनाले भनिन्।

केही समय अघि मात्र कामदार र प्राविधिकको बाँकी पैसा नदिएको कारण देखाउँदै फिल्मको सुटिङ मजदुर संगठन र यूनियनले रोकेको थियो। यो अवस्था आउनु केही दिन अघि मात्र सुटिङ सेटमा कलाकारबीच विवाद भएपछि उनीहरूले फिल्मको काम नै छोडेका थिए।

कामदार, प्राविधिक र उपकरणको पैसा बाँकी रहेको भन्दै फेडरेशन अफ वेस्टर्न इण्डिया सिने एम्प्लाईज र मजदूर यूनियनका पदाधिकारी तथा सदस्यले फिल्म सिटीमा चलिरहेको सुटिङ रोकेका थिए। यो फिल्मको सुटिङ गोरेगाउँ इस्टस्थित फिल्मसिटी स्टूडियोको मन्दिरमा भइरहेको थियो।

समाचार अनुसार फिल्मले झण्डै दुई करोड रुपैंयाँको हाराहारीमा मजुदर, प्राविधिक तथा उपकरणलाई पैसा तिर्न बाँकी थियो। यो फिल्मका जुनियर कलाकारले पनि पैसा पाएका छैनन्। फिल्म ‘मणिकर्णिका – द क्वीन अफ झांसी’ रानी लक्ष्मीबाईमा आधारित ऐतिहासिक फिल्म हो। यो फिल्म जनवरी २५ मा रिलिज हुँदैछ।

प्रकाशित: १६ मंसिर २०७५ ०२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App