८ वैशाख २०८१ शनिबार
कला

‘डोली’ को गीत

काठमाडौं – सामाजिक प्रेमकथामा आधारित फिल्म ‘डोली’ मा समावेश ‘दुरी टाढा भएर पो’ बोलको गीत सार्वजनिक भएको छ। राजबहादुर सानेको लेखन र निर्देशनमा बनेको फिल्म आगामी मंसिर २८ मा रिलिज हुँदैछ।

वियोगान्त फ्लेबरको गीतमा राज सरगमको स्वर र शब्द तथा बाबुल गिरीको संगीत छ। गीतमा फिल्मका प्रमुख कलाकारहरूको अभिनय छ।

रेड बर्ड प्रोडक्सनको ब्यानरमा किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा पृथ्वीराज प्रसाईं, किशोर खतिवडा, सानिया खान, संगीता नापित, अर्जुन गुरुङ, नवीन रेग्मी, प्रशान्त भण्डारी, दामोदर खतिवडा, प्रिया रिजाल, हिउँवाला गौतम, सतिश खत्रीको अभिनय छ।

सिडी अधिकारी, बाबुल गिरी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको फिल्ममा जयराम थापाको छायांकन, श्रीकृष्ण परियारको कोरियोग्राफी र शंकर महर्जनको द्वन्द्व छ।

प्रकाशित: १६ मंसिर २०७५ ०२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App