ब्राजिलले जलवायु सम्झौतामा हस्ताक्षर नगर्ने

शनिबार, १५ मङि्सर २०७५, २२ : ०८ एजेन्सी

147


रियो दि जेनेरियो- ब्राजिलको राष्ट्रपतिमा निर्वाचित बनेका जाइर बोल्सोनारोले आफ्नो देशको कृषि व्यवसाय क्षेत्रलाई प्रभावित पार्ने कुनै पनि जलवायु सम्झौतामा आफुले हस्ताक्षर नगर्ने बताएका छन्।

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले केही दिन पहिले ब्राजिल संस्थापक सदस्य रहेको दक्षिण अमेरिकी व्यापार समूह मर्कोसर र यूरोपेली संघ (इयू) बीच व्यापार सम्झौताका लागि ब्राजिलको पेरिस जलवायु सम्झौताबारेको अडानका कारण शर्तहरू रहनसक्ने भन्ने भनाइप्रति प्रतिवाद गर्दै बोल्सोनारोले कृषि व्यवसाय क्षेत्रलाई प्रभावित पार्ने कुनै पनि जलवायु सम्झौतामा ब्राजिल हस्ताक्षर नगर्ने बताएका हुन। 

फ्रान्सका राष्ट्रपतिले आफ्ना श्रमिक तथा किसानहरूलाई उनीहरूको उत्पादन वानीलाई पर्यावरणीय परिवर्तन अनुसार रूपान्तरण गर्न लगाउन नसक्ने र यसो गर्न नसक्ने राष्ट्रसँग व्यापार सम्झौतामा हस्ताक्षर गर्न नसक्ने बताएका थिए। यसको अर्थ व्यापार सम्झौतामा असन्तुलन भएको बुझिने उनले बताएका थिए।

वातावरणसम्बन्धी मुद्दामा हालका ब्राजिलियाली अधिकारीसँग फरक रहेका बोल्सोनारोले आफ्नो देशलाई पेरिस जलवायु सम्झौताबाट पछि हटाउने सोच रहेको बताइने गर्छ। उनले आगामी बर्ष अर्थात् सन् २०१९ मा संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तन सम्मेलनको आयोजक राष्ट्रहरूको नामबाट ब्राजिललाई हटाउन आग्रह गरेका समाचारहरू पनि आएका छन्। 

बोल्सोनारोले भने, “म्याक्रोँले फ्रान्सको पक्षमा वकालत गर्दै आउनुभएको छ। फ्रान्सको कृषि व्यवसाय पनि मजबुत भएको र मर्कोसुर र यूरोपियन यूनियनबीचको सम्झौता फ्रान्सको हितविपरित हुने निष्कर्षका साथ फ्रान्स सम्झौताको विपक्षमा देखिएको छ।” सिन्ह्वा







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...

१६ वटा क्यामरा भएको स्मार्टफोन

१६ वटा क्यामरा भएको स्मार्टफोन

यी १६ वटा क्यामराहरु ४x४ को ग्रिडमा राखिने छ | ...

एल्मुनियम र काठको विकल्पमा युपिभिसी (uPVC)

एल्मुनियम र काठको विकल्पमा युपिभिसी (uPVC)

झ्याल–ढोका निर्माण गर्नलाई एल्मुनियम र काठका साथै अहिलेको निकै चर्चामा रहेको विकल्प हो– युपिभिसी । ...

आइफोनमा स्टोरेज बचत गर्ने तरिका

आइफोनमा स्टोरेज बचत गर्ने तरिका

अब किनिसकेको १६ जिबी आइफोनमा चल्ने कसरी ? यी हुन् स्टोरेज बचाउने टिप्स र विकल्प ! ...