coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सिन्धुलीकै ठुलो धनराशीको भलिबल प्रतियोगिता सुरु

सिन्धुली - सिन्धुलीकै ठुलाे धनराशीकाे भलिबल प्रतियाेगीता सुरु भएकाे छ। यहाँका युवा व्यवसायीहरुले सिन्धुली कप खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरेका छन्। जिल्ला सदरमुकामका युवा व्यवसायीद्वारा गठित युवा व्यवसायी क्लबको आयोजनामा शनिबारबाट सिन्धुलीमाढीमा खुल्ला भलिबल प्रतियोगिता सुरु भएकाे हाे।

कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा उक्त भलिबल प्रतियोगिता भएको हो। प्रतियोगिताको कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले भलिबल सर्भिस गरि उद्घाटन गरेका थिए। उद्घाटनको सुरुवातमा भिमान युवा क्लब र स्विस युवा क्लब बिच खेल भएको थियो। पहिलो खेलमा स्वीसले भिमानलाई २५–१३, २५–१८, दोस्रो खेल फिक्कल गाउँपालिकाले बिहानी युवा क्लब बेलटार मरिणलाई २५–२२, २५–१९ र तेस्रो खेलमा ब्लु अल्पाईन क्लबले प्रगती युवा क्लबलाई २५–१३, २५–१२ को सेटमा पराजित गरे।

हालसम्म जिल्लामा आयोजित भलिबल प्रतियोगिता मध्ये यस बर्षको पुरस्कार राशी हालसम्मकै ठुलो भएको र खेल रोमाञ्चक हुने आयोजकले जनाएको छ। प्रतियाेगितामा प्रथम हुनेलाई १ लाख तथा दोस्रो स्थान हासिल गर्ने टिमलाई ४० हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रकाशित: १५ मंसिर २०७५ १३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App