coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

लघुवित्तको व्याजले विपन्नमाथि अन्यायः प्रधानमन्त्री ओली

काठमाडौं– लघुवित्त संस्थाकाे व्याजदर उग्र भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई नियन्त्रणमा लिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन्। 

लघुवित्त क्षेत्रका समस्याको समाधान पहिचान गर्न भन्दै शनिबार देखि राजधानीमा सुरु भएको दोस्रो लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दै ओली भने, ‘बैकंहरुबाट १२÷१३ प्रतिशतमा ऋणलिने अनि लघुवित्तमा १८प्रतिशतसम्ममा जम्मा गर्ने माफिया बढ्दै  गएको सुनिन्छ, ओलीले भने, ‘ यस्तो प्रवृतिलाई नियमन गर्नु जरुरी छ।’

लघुवित्त कम्पनीहरु विपन्नका नाममा सञ्चालन हुने तर उच्च दरको व्याज विपन्न बाटै अशुल गर्ने प्रवृति नियन्त्रणमा ध्यान दिन ओलीले राष्ट्र बैंकलाई ध्यानाकर्षण गराएका हुन्। ‘गरीबको आर्थिक र सामाजिक अवस्था माथि उठाउने उद्देश्यले स्थापित लघुवित्त संस्था दूरदराजमा नगई सहर केन्द्रीत हुनु तथा लगानीका बिचौलियासँग मिलेर गरीबकै थाप्लोमा चर्को ब्याजमा कर्जा लगानी गर्नुले गरीबी निवारणमा ढिलो हुनेछ,’ उनले भने। 

ओलीले लघुवित्त संस्था धेरै नाफामुखी बन्न नहुने बताउँदै आफूलाई सेवामुखी, क्षमतावान, दक्ष र सीपयुक्त संस्थाका रुपमा विकास गर्ने र विपन्नलाई सुलभ, सामूहिक जमानी र रेखदेखमा लगानी गरी गरीबलाई माथि उठाउन आग्रह गरे। कार्यक्रममा नेपाल राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीले राष्ट्र बैंकमार्फत झण्डै ३ खर्ब रुपैयाँ लघुवित्त संस्थामा लगानी भएको जानकारी दिँदै लघुवित्त संस्थाको शुद्धीकरण, प्रबलीकरण, सुदृढीकरण र एकीकरणमा जोड दिए।

 

प्रकाशित: १५ मंसिर २०७५ १२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App