८ वैशाख २०८१ शनिबार
अर्थ

अन्न र तरकारीकै आयात पनि चुलिँदै

झापा– अघिल्लो वर्षभारतीयनाकाबन्दीताकासरकारी तहबाट ‘आत्मनिर्भर अर्थतन्त्रनिर्माण’को रागखुबै अलापिएको थियो । कृषिउत्पादनको वृद्धिदेखि वैकल्पिकबजारबाटै भएपनिआन्तरिक आवश्यकताधान्नेसम्मको गफदिएको सरकारले त्यसतर्फ सिन्को पनिनभाँचेको प्रमाण फेला परिरहेको छ ।
पूर्वको काँकडभिट्टा नाकाबाट मात्रै नेपालले आयातगरिरहेका सामग्रीको सूचीनियाल्दाथाहा हुन्छ, आत्मनिर्भरताको वास्तविकप्रयास भएकै छैन । किनभने यो एउटै नाकाबाट मात्रै ज्यादै ठूलो परिमाणमा यस्ता सामग्रीआयातभइरहेका छन्, जो नेपालमै पर्याप्तउत्पादन हुन्छन् । अन्नदेखि ‘नेपालमै प्रशस्तपाइने’ भनेर प्रचारित जडिबुटीसम्म भारतबाट धमाधमआयातभइरहेको छ ।

रिट्ठा, नागबेली जस्ता जडिबुटी पनिविदेशबाटै आयातभएका छन् । यो सबै दृश्यको साक्षीबनिरहेका सरकारी अधिकारी ‘नेताको गफले देश आत्मनिर्भर नहुने’ टिप्पणी गरिरहेका छन् । ‘यो एउटै नाकाबाट मात्रै ठूलो परिमाणमा अन्नपात, जडिबुटी, तरकारीमाअर्बौं पैसा भारत गइरहेको छ,’ मेचीभन्सारका एक अधिकारीले भने, ‘अरु नाकामा यो भन्दाकम छैन । अनि कसरी बन्छ आत्मनिर्भर अर्थतन्त्र?’

उनको टिप्पणीलाई आड दिने खालको तथ्यांकनाकामा देखिन्छ । नेपालमाउत्पादितधान, चामल, मकै, कोदो चनालगायतअन्नले मागधान्ननसक्दाअहिले पनिभारतबाट ठूलो परिमाणमा आयातभइरहेको छ । आयातको क्रमअरुबेलाभन्दा बढ्दो छ । उल्टै निर्यातको क्रमभने लगातार घटिरहेको छ । उच्च परिमाणमा भारतीयबजार पठाइने कृषिउत्पादनचिया, अलैंची, अदुवा, कुचोमा समेत अनेक अड्चनले निर्यात जटिल भइरहेको छ । यसले पनिआत्मनिर्भर अर्थतन्त्रनिर्माणको सरकारी गफले व्यवहारमाअनुवादहुने प्रारम्भिकयात्रा नै थालेको छैन भन्ने देखाउँछ ।

आर्थिक क्षेत्रकाजानकारकाअनुसार औद्योगिकउत्पादनकालागि समय लाग्ने भएपनि केहीमहिनामै उत्पादनभइहाल्ने कृषि वस्तुको उत्पादनमामुलुकले तत्कालै कामगर्न सक्छ । तर, तीनमहिनामाउत्पादनहुने धानदेखि महिनादिनपनि राम्ररी नलाग्ने तरकारीकालागि समेत विदेशीबजार नै ताक्नुपर्ने अवस्थाविद्यमान छ । ‘नाकाबन्दी अगाडिभन्दा अहिले कृषि वस्तुको आयातझन् बढेको छ,’ प्लान्ट क्वारेन्टाइन कार्यालयको भनाइ छ ।  

आर्थिक वर्ष २०७२÷७३ मा काँकडभिट्टा नाकाहुँदै भएको कृषितथा कृषिजन्यवस्तुको व्यापार पूर्णतःभारतको पक्षमा छ ।त्यो पनिज्यादै ठूलो अन्तरमा । क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अनुसारवर्षभरीमा नेपालबाट ५ करोड ९४ लाख रुपैयाँमूल्य बराबरको ७हजार ४ सय २५ मेट्रिक टन बन्दाभारत निर्यात भएको छ । नेपालबाटनिर्यात भएपनि ३ सय मेट्रिक टन चाहिँभारतबाटै आयातभएको छ । कार्यालयकाप्राविधिकविनयकुमार साहकाअनुसार पूर्वी नाकाहुँदै एक वर्षमा३ अर्ब ८८ करोड ४ लाख ४८ रुपैयाँमूल्य बराबरका कृषिजन्य वस्तु बंगलादेश, क्यानडा, अमेरिका, भारत तथा चीनबाट आयातभएका छन् ।चालु वर्षमापनिआयातको दर उत्तिकै छ ।

साहकाअनुसार ५ करोड १० लाख ४४ हजार रुपैयाँमूल्य बराबरको ३ हजार ६ सय ४६ मेट्रिक टन धानभारतबाट आयातभएको छ । नेपालमाउत्पादितधानले स्थानीयमागधान्ननसक्दाभारतबाट आयातितधानको भर पर्नुपरेको कृषिअधिकारी बताउँछन् । नेपालमा खेतीयोग्यजमिनमासिँदै गएको, खासगरी  खेतीयोग्यजमीनलाई धमाधम प्लटिङ गरी घडेरीका रुपमाबिक्रीवितरण गरेकाकारण धानको उत्पादनमाबर्सेनिकमिआएको हो । त्यसबाहेक प्रकोपले खेतीको क्षेत्रफल घट्नु, उत्पादन बढ्ने सम्भावनाको खोजीनगर्नु लगायतकारणले धानआयात बढेको बढ्यै गरेको कृषिप्राविधिकशालिक भट्टराई बताउँछन् । सबैभन्दा बढी ९६ करोड ४७लाख ४ हजार रुपैयाँमूल्य बराबरको १० हजार ४९ मेट्रिक टन मुसुरोको दालआयातभएको छ । नेपालबाटभने ९४ करोड ९४ लाख ८० हजार रुपैयाँको ६ हजार ७ सय ८२ मेट्रिक टन मुसुरो दालनिर्यात भएको छ ।

८ करोड ३७लाख७५ हजार रुपैयाँमूल्य बराबरको ३ हजार ३ सय ५१ मेट्रिक टन  मकै, २२ करोड २० लाख २५ हजार रुपैयाँमूल्य बराबरको ८ हजार ८ सय ८१ मेट्रिक टन कोदो, ५ करोड ५३ लाख ८ हजार रुपैयाँमूल्य बराबरको १ हजार ६ सय ७६ मेट्रिक टन चनाको दालआयातभएको साहले जानकारी दिए । चालु आवमा योभन्दापनि धेरै परिमाणमा आयातभइरहेको उनले बताए ।

नेपालमै मनग्ये उत्पादन सम्भावनाभएका कृषिउत्पादनसमेत धमाधमआयातभइरहेका छन् । केराउ, तोरी, तील, काउली, करेला, भण्टा, प्याज, हरियो केराउ, हरियो खुर्सानी, काँक्रा, टमाटर, परबल, लौका, घिरौला, फर्सी बोडी, सिमी, भिण्डी, भुईकटहर, सलगम, इस्कुस, स्याउ, मौसमी, कागती, अंगुर आप, सुन्तला, अनारस, मेवा, केरा, तरबुजा, लिची, नास्पति, काचो नरिवल, चामल, उखु, लसुन, दालचिनी, आलु, चोकर पिनालगायत कृषिजन्यउत्पादन समेत बंगलादेश, क्यानडा, अमेरिका, भारत तथा चीनबाट आयातभएका छन् । आलु तथाताजा तरकारी भारत, लसुनचीन र भारत तथाताजाफलफूलर स्याउभारत र चीनबाट आयातभइरहेको छ । ‘आयातलगातार बढिरहेको यो तथ्यांकले नेपालको आत्मनिर्भर अर्थतन्त्रनिर्माणको विषय कुरै मात्रै रहेको प्रमाण मिल्छ,’ अर्थशास्त्रकाप्राध्यापकधर्मानन्दनिरौला भन्छन् ‘किनभने औद्योगिकउत्पादनगर्न पो गाह्रो हो, कृषिउत्पादनमा बढावा दिन त सकिन्छ । तर, त्यस्तो अवस्था पटक्कै देखिन्न ।’

प्रकाशित: ११ आश्विन २०७३ ०५:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App