८ वैशाख २०८१ शनिबार
राजनीति

‘कम्युनिष्ट सरकारका तीन उपहार : महंगी,करवृद्धि र असुरक्षा’

रुपन्देही – नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले वर्तमान सरकारले ९ महिनामा महंगी, करको भार र असुरक्षा उपहार दिएको टिप्पणी गरेका छन्। उनले दुई तिहाइको शक्तिशाली सरकार अभिशाप सावित भएको बताए।

पार्टीको केन्द्रीय बैठकका लागि बुटवल आएका नेता गजुरेलले शनिबार बुटवलमा रिर्पोटस क्लबले आयोजना गरेको साक्षात्कारमा भने, ‘समृद्ध नेपाल र सुखी नेपालीको भुलभुलैयामा चुनाव जिते, त्यसको सट्टा सरकारले महंगी, कर र असुरक्षा उपहार दियो।’ उनले सरकार गठन भएको नौं महिनाले दुई तिहाईको कम्युनिष्ट सरकार अब पाँच वर्ष कसरी सहने भन्ने पिरलो शुरु भएको बताए।

‘यो सब हुँदाहुँदै पनि यो सरकार ढल्नेवाला छैन, दुभाग्र्य, संविधानमै यस्तै व्यवस्था छ, ओलीको तानाशाही शैली र प्रमुख प्रतिपक्षी रुजेको बिरालो जस्तो भो’ गजुरेलले भने। ओली सरकारले नयाँ युगको कुरा गर्दै पोल पोलमा आफ्नो फोटो राखेर महेन्द्रको झल्को दिएको बताए। उनले भने, ‘कम्युनिष्टको सरकारले सबै गरिसक्यो अब श्री ५ केपी ओली लेख्न मात्रै बाँकी छ।’

नेपाली कांग्रेसले पनि प्रतिपक्षको भुमिका देखाउन नसक्दा भिजेको बिरालो जस्तै भएको उनको तर्क रहेको थियो। उनले ओली सरकारले जतिसुकै गम्भीर गल्ती गरेपनि दुई तिहाइको सरकार हट्न नसक्ने अवस्था रहेको कारण जनतामा निरासा  छाएको उनको भनाइ छ। उनले स्थानीय तहका जनप्रतिनिधि र मन्त्रीहरु राज्यको सम्पत्ति दोहन गर्ने अभियानमा लागेको बताए। ‘बालुवा बेच्ने, ढुंगा बेच्ने खोला बेच्ने अब केही पनि बाँकी नहुने भो’ उनले भने, ‘नागरिकले जन्मदा र मर्दा पनि कर तिर्नुपर्ने, दुनियाँमा यस्तो कतै छैन।’ करको दायरा फराकिलो बनाउने बहानामा दुनियामा नै नभएको विभिन्न दरहरू बढाएकोमा उनको आपत्ती छ।

देशका समस्याहरू समाधान गर्नुको सट्टा सरकार सेवा सुविधा बढाउनतर्फ लागेको भन्दै उनले  सरकार नै फेल भएकोे दाबी गरे।  निर्मला पन्त हत्या काण्डमा सरकार पूर्णरुपमा नै असफल भएको नेता गजुरेलको भनाई थियो। अब बिस्तारै यो घटनालाई अन्तर्राष्ट्रियकरण हुन थालेको भन्दै यसमा देशको अवस्था के कस्तो भन्ने विषयमा जनताले बुझ्ने बेला आएको बताए। उनले सरकारले  शिक्षामा माफियाकरण गरेको भन्दै गोबिन्द केसीको माग पुरा गर्न नसक्नु आफैंमा लज्जाको विषय भएको बताए।

नेता गजुरेलले अब देशलाई जोगाउनका लागिसडक संर्घषनै अन्तिम अस्त्र हुने बताए। अहिलेको सरकारले गरेका विभिन्न गैरनैतिक कुरालाई दबाब दिनको लागि पनि आन्दोलनको आधिवेहेरीको आवश्यकता रहेको बताए। उनले देशभक्त गणतान्त्रीक मुक्ती मोर्चा नै बनाएर लागिरहेको भन्दै अब संर्घषको आन्दोलनको तयारी गरिएको बताए।

अहिलेको सरकार ५ वर्षसम्म टिक्न दिन नहुने भन्दै ओलीको विकल्प अर्को नेता  नभएको भन्दै अहिलेको शासन सत्तालाई नै परिर्वतन गर्नुपर्ने उनले बताए। उनले आफ्नो पार्टीलाई फुटाएर धेरै कमजोर बनाएकाले अब बुटवलको बैठकपछि संगठन निर्माण र सरकारविरुद्धको आन्दोलनमा केन्द्रीत गर्ने बताए।

प्रकाशित: १५ मंसिर २०७५ ०९:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App