coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

द्वन्द्व निवारणलाई उच्च प्राथमिकता दिनुपर्छ : गिलानी (भिडियो)

काठमाडौं - पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानीले एसिया प्रशान्त क्षेत्रका अरबौँ जनताको शान्ति र विकासका लागि आतङ्कवाद प्रमुख चुनौती बनेको बताएका छन्।

एसिया प्रशान्त शिखर सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले सम्मेलनमा सहभागी मुलुकले द्वन्द्व निवारणलाई उच्च प्राथमिकता दिनुपर्नेमा जाेड दिए। हाल पूर्व विकास र अर्थतन्त्रको केन्द्र बनेको र विश्व पूर्वतर्फ सर्दै गइरहेको उल्लेख गर्दै उनले यस क्षेत्रका जनताका लागि सम्पर्क सञ्जाल निकै महत्वपूर्ण रहेको बताए।

समुद्रसम्मको पहुँच उनीहरुका लागि आवश्यक रहेकामा जोड दिँदै उनले भने, “बेल्ट एण्ड रोड’ प्रयासमा पाकिस्तान प्रवेश गरेको छ र यसले बन्दरगाह, आर्थिक क्षेत्र तथा सम्पर्क सञ्जालको विकास गर्छ।”

आतङ्कवाद र कट्टरपना आफैँमा समस्या भएको टिप्पणी गर्दै पूर्वप्रधानमन्त्री गिलानीले यो पाकिस्तानको मात्र समस्या नभएकाे बताए। उनले भने, “राम्रो तालिवान वा आतङ्कवादी भन्ने हुँदैन आतङ्कवादी आतङ्कवादी नै हो। पाकिस्तानले पनि यसका लागि निकै मूल्य तिरेको छ। पचहत्तर हजार पाकिस्तानीले ज्यान गुमाएका छन् र पाकिस्तानले ३५ लाख शरणार्थीलाई शरण दिएको छ। मेरो आफ्नै छोरा पनि आतङ्कवादीबाट अपहरणमा परेका थिए।”

उनले नेपालको सुन्दरता, प्रकृति तथा नेपाली जनताको मिल्न सक्ने क्षमता आकर्षक भएको बताए।रासस 

प्रकाशित: १५ मंसिर २०७५ ०८:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App