घाँस काट्ने विषयमा विवाद भइ कुटाकुट हुँदा एकजनाको मृत्यु

मङ्गलबार, ११ असोज २०७३, ११ : ०६ नागरिक

इनरुवा- सुनसरीको नरसिंह गाविसमा दुई पक्षबीच सोमबार साँझ विवाद हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अफरोज खातुन रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

स्थानीय ऐलानी जग्गामा घाँस काट्ने विषयलाई लिएर चर्केको विवाद कुटाकुटमा परिणत भएपछि खातुनको मृत्यु भएको स्थानीयले बताएका छन् । मृतक खातुनले स्थानीय सडक पेटीको जग्गामा घाँस काटेपछि विवाद उत्पन्न भएको र सोहीक्रममा उनको मृत्यु भएको हो ।

मृतक खातुनको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ । घटनामा संलग्न भएको आरोपमा तीनजनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा नरसिंह–१ बस्ने सवरुन खातुन, अमुना खातुन र मुस्तका मियाँ रहेको प्रहरीले जनाएको छ । स्थानीयले घाँस काट्ने विषयमा झगडा भएको र सोही क्रममा आफरोजको मृत्यु भएको दाबी गरेका छन् भने प्रहरीले के कति कारणले मृत्यु भएको हो सो विषयमा अनुसन्धानबाट मात्र खुल्ने जनाएको छ ।  घटनाको विषयमा थप अनुसन्धान भइरहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। रासस








यसमा तपाईको मत

अन्य समाचार

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

Ncell Footer Ad