coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

शान्ति स्थापनाको लागि पहल गरिरहेका छौं : सुकी (भिडियो)

काठमाडौं- म्यानमारकी स्टेट काउन्सिलर आङ साँङ सुकीले शान्ति स्थापनाको लागि सरकारले पहल गरिरहेको बताएकी छन्। एसिया प्यासिफिक समिटलाई सम्बोधन गर्दै सुकीले यसको लागि विश्व समुदायले सहयोग गर्ने अपेक्षा राखिन्।

उनले एसिया प्रशान्त क्षेत्रले यतिबेला ब्यापारका विभिन्न चुनौतिहरु समाना गरिरहेको बताइन्। विश्व अन्तनिर्भर भइरहे पनि विश्व यस्ता समस्यामा जुधिरहेको उनले बताइन्।

विश्व यतिबेला आतंकवाद, दैवीप्रकोप, भोकमरी. आप्रवासन जस्ता  मुद्दासँग जुधिरहेको बताउँदै यसको लागि साझा संकल्प आवश्यक रहेको बताइन्। 'शान्ति र विकास एकै सिक्काका दुई पाटा हुन्',सुकीले भनिन्, 'विविधतापूर्ण विश्वमा साझा प्रयासको खाँचो छ।' 

प्रकाशित: १५ मंसिर २०७५ ०६:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App