coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

छालसँग पौंठेजोरी

मंसिरको पारिलो घामले न्यानोमात्र हैन ज्याकेट खोल्ने अवस्था बनाएको थियो। तमोर शान्त देखिन्थ्यो। तमोरसँग अनेकन बिम्ब भेटिन्छन् पूर्वतिर। कहिले तमोरको माछा त कहिले तमोर जलाशययुक्त आयोजनाको चर्चा। यसपल्ट भने राफ्टिङ्का लागि तमोर  किनारामा पुगेका थियौँ। पाँचथरको हिलिहाङ गाँउपालिकाको पिनासीघाटबाट राफ्टिङ गर्ने योजना अगाडि बढ्यो।

यात्राको अबसर तमोर भ्याली ट्राभल्स टुर एण्ड ट्रेकिङ प्रालिले जुराएको थियो। एडेभन्चर रिभर ट्रेल्ससँगको सहकार्यमा उसले व्यावसायिक जल यात्रा सुरु गरेको हो। साहसिक पर्यटन भित्र पर्ने राफ्टिङको पहिलो अनुभव थियो। एकातिर डर र अर्कोतिर रहर थियो मनमा। तमोरमा आक्कल झुक्कल विदेशीले जलयात्रा गरेको कथा सुनाउँदै थिए स्थानीयहरू।  

तन्नेरी गाइड राजन थापा मगरले मुभ गराए। कतै शान्त र कतै छाल बनाएर बगिरहेको नदीमा हेलियौं हामी। उनको सुझाव अनुसार साथीहरुले प्याडल मारिरहे भने म चाहिँ क्यामेरा भिरेर पानीको बहाब हेर्दै थिएँ। लाइफ ज्याकेट भएकाले खसि हाले पनि गारो नहुने अनुमान लगाएपछि डरभन्दा रोमान्चकताले वास ग¥यो। ¥यापिड (छालपरेको भङ्गालोमा पानीसँग पैठेजोरी खोल्दा निक्कै रोमान्चक अनुभव भयो।   

पिनासिघाटदेखि नक्कले, थामदिन, सेती, सिमालिघाट हुँदै करिव १२ किलोमीटर जलयात्रामा फिदिमको माझीटार पुग्यौं। कतै सलल बग्यौं त कतै बाँगिँदै। बीचका दृष्यहरु आर्कषक थिए। कतै घामले स्पर्श गथ्र्यो त कतै चिसो हुन्थ्यो। केहि साथीहरु यहि मौकामा खोलामा खेल्न पनि भ्याए। बाटोमा खाजा खाने प्रबन्ध थियो। माझीटार पुगेपछि तमोर रिर्सोटमा स्वागत पाएसँगै हाम्रो अढाइ घण्टाको जलयात्रा सकियो। तर मिठा मिठा याद भने सकिएको छैन।  

तमोरमा जल पर्यटनको संभावना देखियो। कञ्चनजंघा, कुम्र्भकर्णको काखबाट बगेको  नदीमा जल यात्राको आकर्षण बढ्न सक्छ। यसमा जलयात्राको सम्भावनाबारे सन १९९७ पहिलो पल्ट अनुसन्धान भएको नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सीज्का पूर्व अध्यक्ष गोपाल खरेल सुनाउँदै थिए। ताप्लेजुङको दोभानदेखि सुनसरीको चतरासम्म अध्ययन भएको थियो। सन २००२ देखि सरकारले जल यात्राको अनुमति दिएको थियो।

अहिलेको जलयात्रा पाँचथर, ताप्लेजुङ, इलाम, झापा र तेह्रथुमका बासिन्दालाई प्राथमिकतामा राखेर सुरु गरीएको सञ्चालक दीपेन्द्र तुम्बापोले जानकारी दिए। यो सुरुवातले अरु पनि थपिन सक्ने सम्भावना छ। धनकुटाको मुलघाटदेखि चतरासम्म विगत बर्षदेखि नै सञ्चालनमा ल्याइएको थियो।  

फिदिमदेखि जिपमा चढाएर पिनासीसम्म पु-याइन्छ। त्यसपछि जलयात्रा गराइन्छ। कम्पनीले प्रति व्यक्ति ३ हजार रुपैयाँ लिन्छ।

निरन्तरता दिन्छौं
दिपेन्द्र तुम्बापो
सञ्चालक, तमोर भ्याली ट्राभल्स
पर्यटकलाई स्वागत गर्न हामीले जलयात्रा अभियान चलाएका हौं। जिल्लाको एकिकृत विकासमा सानो भए पनि योगदान गर्ने हाम्रो लक्ष्य छ। हामी यसलाई निरन्तरता दिन्छौ। यतिमात्र हैन अन्य सुविधाहरु थप्दै जानेछौं।

प्रकाशित: १५ मंसिर २०७५ ०३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App